बासुदेव ढकाल
रामपुर, पाल्पा । पशुपन्छी पालनमा उत्पादन तथा उत्पादकत्व बृद्धिको लागि आधारभुत पक्ष बारेको अन्तर्किया कार्यक्रम रामपुर पाल्पामा सम्पन्न भएको छ ।
रामपुर नगरपालिकाका पशुपालक कृषक सहभागी कार्यकंममा पशु पोषण विज्ञ तुल्सी राम भण्डारीले पशुमा उत्पादकत्व बृद्धीको लागी उपयुक्त पोषण, गोठ वा खोर व्यबस्थापन, पशु स्वास्थ र उत्पादनमा बृद्धी हुने भएकोले पशु पालक कृषकले व्यबस्थापन पक्षमा ध्यान दिन जोड दिनु भयो ।
राप्ति फिड इण्डष्ट्रीज प्रा.लि।।लमही नपा ८ देउखरी दाङको आयोजना, सिताकुण्ड दुग्ध उत्पादक सहकारी सस्था रामपुर पाल्पाको व्यबसथापनमा भएको कार्यक्रमा पशु विज्ञ हुमनाथ अर्याल, नेपाल बाख्रा पालन व्यबसायिक संघ केन्द्रीय उपाध्यक्ष सूर्य प्रसाद रेग्मी , श्रीकृष्ण उन्नत भैसी पालन श्रोत केन्द्र रामपुरका पशु पालक कृषक कृष्ण कुमार अर्यालले कृषकको समस्या र आहार व्यवस्थापन र पोषणको आवश्यकताका बारेमा कृषकका समस्याका बारेमा आफ्ना धारणा राख्नु भएको थियो ।
आयोजक संस्था दाङका सेल्स म्यानेजर सुदिप भण्डारीले सहभागीलाई स्वागत गर्दै ब्यबसायिक कृषकलाइ पशु पोषणको ज्ञानको कमिले उत्पादन लिन नसकेको र कम्पनीले पशुपण्छीको आहार परिपूर्ती गर्न हाइप्रो पेलेट दाना उत्पादन गरेको जानकारी गराउनु भएकोछ । होटल श्रीनगरमा सिताकुण्ड दुग्ध सहकारी सस्थाका अध्यक्ष मोहन भट्टराइको अध्यक्षतामा भएको कार्यकंमको संचालन सचिव विनोद श्रेष्ठले गर्नु भएको थियो ।