पूर्वखोाला, पाल्पा । स्वास्थ्यकर्मीहरुका लागि समुदाय स्तरमा पारिवारीक स्वास्थ्य प्रोफाईल तयारी तथा मोबाइल स्वास्थ्य सम्बन्धी १ दिने तालिम  सम्पन्न भएको छ ।

लुम्बिनी प्रदेशले पाल्पा, बाँके र अर्घाखाँची जिल्लामा सञ्चालन गरेको मोबाईल मार्फत पारिवारीक स्वास्थ्य प्रोफाईल तयार गर्न लागेको अभियान अन्तर्गत यो तालिम सञ्चालन गरिएको हो ।

स्वास्थ्य कार्यालय पाल्पाको आयोजना तथा पूर्वखोला गाउँपालिकाको समन्वयमा पूर्वखोला गाउँपालिकाको सभा हलमा भएको तालिममा पूर्वखोला गाउँपालिका भित्र कार्यरत स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

पूर्वखोला गाउँपालिकाका उपाध्यक्ष भागीरथी शर्मा भट्टराईको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले गर्नु भएको थियो ।

प्रकाशित मिति २०८१ चैत्र १४ गते, बुधबार