काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दोस्रो पटक २५ साउन २०७८ मा कार्यकारी निर्देशक नियुक्त भएका घिसिङलाई पदबाट हटाउने निर्णय गरेको थियो ।

यसअघि सरकारले घिसिङलाई पटकपटक स्पष्टीकरण सोधेको थियो। कुलमानले आफूलाई लगाइएका सबै आरोपहरू मनोगत भएको जवाफ फर्काएका थिए।