रहबास, पाल्पा । उदय युवाक्लव आयोजनामा यहि चैत्र १८ देखी २० सम्म माथागढी ७ रहबास अखरीगौडा पाल्पामा भलिबल प्रतियोगिता हुने भएको छ ।
पुरुष तथा महीला दुबै तर्फको सन्चालन हुने भलिबल खेल प्रतियोगिता खेलमा सहभागी हुने प्रतियोगिहरुले यहि चैत्र महिनाको १८ गते देखि २० गते सम्ममा समूह दर्ता गर्न सकिने खेल संयोजक अम्मर काम्मु मगरले बताउनु भयो ।
पुरुष तर्फको भलिबल खेल प्रतियोगितामा सहभागी हुनको लागि दर्ता शुल्क २ हजार ५ सय र महिला तर्फको भलिबल खेल प्रतियोगितामा सहभागी हुनको लागि एक हजार ५ सय दर्ता शुल्क लाग्नेछ । भलिबल प्रतियोगितामा साहभागी भएर प्रथम, द्धितिय र तृतिय हुने समुहलाई क्रमश नगद ३० हजार २० हजार र १० हजार सहित कप, मेडल र प्रमाण पत्र प्रदान गरिने छ भने महिला तर्फको भलिबल प्रतियोगितामा सहभागी भएर विजेता हुने महिला खेलाडी समुहलाई क्रमश नगद १० हजार ८ हजार र ५ हजार तथा कप, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
खेल अखरीगौडाको बाताचुलि प्राविको प्राङणमा हुनेछ। हरेक समूहबाट १ जना प्रशिक्षक सहित ८ जना खेलाडीहरु सहभागि हुन पाउने छ भने पुरुष तर्फको खेल सन्चालन २०८१ चैत्र १९ गते देखि र महिला तर्फको खेल २०८१ चैत्र १८ गते देखि सन्चालन गर्ने खेल संयोजक अमर काम्मु मारले जानकारी दिनुभयो।