तानसेन, पाल्पा । त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको स्वतन्त्र विद्यार्थी युनियन सभापतिमा अनेरास्ववियु क्रान्तिकारीका मिलन घर्ति मगर कूल खसेको मतमा ३ सय ९० प्राप्त गरी विजयी हुनु भएको छ ।
उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघका कृष्ण अर्यालले ३ सय ४२ मत प्राप्त गर्नु भएको निर्वचन अधिकृत जीवन बहादुर थापाले जानकारी दिनु भयो ।
सचिवमा नेपाल विद्यार्थी संघका शुसिल बस्यालले ५ सय १७ मत प्राप्त गरी निर्वाचित हुँदा उहाँको निकटतम प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका विपिन पंगेनीले ३ सय ३२ मत पाउनु भयो । कोषाध्यक्षमा नेपाल विद्यार्थी संघकी मिस्मा रानाले ४ सय १६ मत पाएर विजयी हुँदा निकटतम् प्रतिद्धन्द्धी गंगादेवी बाह्घरेले ३ सय ४५ मत प्राप्त गर्नु भयो ।
यस्तै सदस्यहरूमा नेविसंघका आशिका विश्वकर्माले ३ सय ९०,तोरण रास्कोटीले ३ सय ८७, नविन थापाले ३ सय ९८, बविता थापाले ४ सय ५, सुजल भट्टराईले ४ सय ५२, नेविसंघकै प्यानलबाट उम्मेदवारी दिएकी अखिल छैठौंकी ज्योति दर्लामीले ४ सय २६ र अखिल क्रान्तिकारीकी इच्छा थापाले ३ सय ६० मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत थापाले जानकारी दिनु भयो ।
यहाँ एक हजार ८ सय ९४ मतदाता रहे पनि १ हजार २ सय २८ मत खसेको थियो । १९ पदका लागि निर्वाचन भएको थियो । १० पदमा प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन भएको हो । प्रत्यक्षतर्फ अध्यक्ष, सचिव, कोषाध्यक्षसहित १० पदमा नेतृत्व निर्वाचित भएको छ । यस्तै यस्तै ९ पदमा भने सङ्गठनले पाएको मतको आधारमा समानुपातिक सदस्य चुनिने छन् ।
प्रकाशित मिति : बुधबार, चैत ६, २०८१