काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राज्यका पूर्वविशिष्टलाई सुविधा दिने नाममा भइरहेको बेथिति रोक्न कानुनी प्रबन्ध गर्नुपर्ने बताउनु भएको छ ।
पाँचथरमा आयोजित नेपाली कांग्रेसको सभालाई सम्बोधन गर्दै थापाले राज्यकोषबाट पैसा बाँड्न नभई पैसा वितरण रोक्ने कानुन बनाउनु पर्ने बताउनु भएको हो । उहाँले स्पष्ट कानुनी प्रबन्ध नभएकै कारण मन्त्रिपरिषद्बाट निर्णय गरेर जति चाह्यो त्यति सुविधा दिने बेथिति कायम रहेको उल्लेख गर्नु भयो।
उहाँले सरकारले चाहेको बेलामा मन्त्रिपरिषद्बाट निर्णय गरेर जति चाह्यो त्यति पैसा दिने लामो समयदेखिको अभ्यास छ यो अभ्यासलाई कानुन बनाएर रोक्छुनु पर्नेमा जोड दिनु भयो ।
प्रकाशन मिति: २०८१ चैत्र २ शनिबार