तानसेन, पाल्पा । लोकतान्त्रीक आदिवासी जनजाती महासंघ नेपाल पाल्पाका तीन घटक संगठनहरु लोकतान्त्रिक मगर संघ नेपाल, लोकतान्त्रिक नेवाः संघ नेपाल र लोकतान्त्रिक कुमाल संघ नेपालको संयूक्त अधिवेशन पाल्पाको तानसेनमा सम्पन्न भएको छ ।
कार्यक्रममा नेकपा एमालेका पोलिटब्यूरो सदस्यहरु गोकुल घर्ती, ठाकुर गैरे, प्रतिनिधिसभा सदस्य नारायण प्रसाद आचार्य, लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारु, जिल्ला अध्यक्ष ओम बहादुर घर्ती, प्रदेश, जिल्ला र स्थानीय तह लगायतका एमाले नेताहरुले सम्बोधन गर्नु भएको थियो ।

सम्पन्न अधिवेशनबाट लोकतान्त्रिक मगर संघ नेपाल पाल्पाको अध्यक्षमा मेहर सिंं थापा, लोकतान्त्रिक नेवाः संघ नेपाल पाल्पाको अध्यक्षमा चन्द्र कुमार श्रेष्ठ र लोकतान्त्रिक कुमाल संघ नेपाल पाल्पाको अध्यक्षमा वीरबहादुर कुमाल निर्वाचित हुनु भएको छ ।
लोकतान्त्रिक मगर संघ नेपाल पाल्पाको उपाध्यक्षमा भुवन थापा सोती, सचिवमा दिल बहादुर खाम्चा, उपसचिवमा यमान सिंह चिदी र कोषाध्यक्षमा पुष्पा थापा र सदस्यहरुमा निर्वाचित हुनु भएको छ ।
यस्तै लोकतान्त्रीक नेवाः संघ नेपाल पाल्पाको उपाध्यक्षमा लोक प्रसाद श्रेष्ठ, सचिवमा ईश्वरी प्रसाद श्रेष्ठ, उपसचिवमा विष्णु श्रेष्ठ, कोषाध्यक्षमा प्रज्ञासागर शाक्य र सदस्यहरु निर्वाचित हुनुभएको छ । लोकतान्त्रीक कुमाल संघ नेपाल पाल्पाको उपाध्यक्षमा सबिता पुलामी मगर कुमाल, सचिवमा कमला कुमाल, उपसचिवमा यम बहादुर कुमाल, कोषाध्यक्षमा खिन्त बहादुर कुमाल र सदस्यहरु निर्वाचित हुनुभएको छ ।
निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई एमाले जिल्ला अध्यक्ष ओम बहादुर घर्तीले सपथ ग्रहण गराउनु भएको थियो ।