काठमाडौँ । राष्ट्रिय महिला फुटबलर प्रीति राई नगद पुरस्कारसहित सम्मानित हुनु भएको छ । ललितपुरमा आयोजित तेस्रो यलम्बर राष्ट्रब्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको अवसरमा राईलाई नखिपोट युथ क्लबले २५ हजार रुपियाँसहित सम्मान गरेको हो ।
ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगद पुरस्कार प्रदान गर्नुभयो । चैत ४ गतेसम्म चल्ने ब्याडमिन्टन प्रतियोगिताको ६ स्पर्धामा एक सय ३१ खेलाडीको सहभागीता रहेको छ ।
प्रतियोगितामा पुरुष र महिला एकलतर्फको विजेता, उपविजेता र तेस्रो हुनेले क्रमश ३०, १५ र सात हजार पाँच सय रुपियाँ पुरस्कार पाउनेछन् ।
प्रकाशन मिति २०८१ चैत्र २ शनिबार