तानसेन, पाल्पा । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले सञ्चारमाध्यमहरुले सामाजिक सञ्जालहरु समेतको प्रयोग गरि छिटो र सहज तरिकाले नागरिकलाई सूचना प्रवाह गर्नुपर्ने बताउनु भएको छ ।

प्रेस चौतारी नेपाल पाल्पाको पदस्थापन तथा प्रथम बैठकलाई सम्बोधन गर्दै मन्त्री सारुले सत्तामा रहेका जनप्रतिनिधिहरुबाट हुन सक्ने अनियमितता र आम नागरिकको जीवनस्तर बाहिर ल्याउने काम सञ्चारमाध्यमले गर्नुपर्ने समेत बताउनु भयो । उहाँले पछिल्लो पुस्ता नेतृत्व विकासमा चुकेको भन्दै पत्रकार र नयाँ पुस्ताको क्षमता विकास गर्न प्रेस चौतारी नेपालले भूमिका निर्वाह गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा नेकपा एमाले पाल्पा प्रेस चौतारी ईन्चार्ज राजेश कुमार अर्याल, पत्रकार महासंघ पाल्पाका संस्थापक अध्यक्ष मेघराज शर्मा, पुर्व अध्यक्षहरु गोविन्द भट्टराई, रेखीराम राना, पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेना, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य मिलन विक, नवनिर्वाचित अध्यक्ष कृष्ण कार्की लगायतले पाल्पाको स्थानीय मिडियाहरु संकटमा रहेको उल्लेख गर्दै मुलधारको राजनीतिमा रहेका व्यक्तिहरुले पत्रकारिता नबुझेको कारणले मिडिया समस्यामा रहेको बताउनु भएको थियो ।          प्रकाशन मिति २०८१ चैत्र २ शनिबार