रामपुर, पाल्पा । सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल एस.बि.आई. बैंङक रामपुर शाखाले ईलाका प्रहरी कार्यालय रामपुरलाई सरसफाईको सामग्री प्रदान गरेको छ ।
रामपुर शाखाका प्रबन्धक नबराज ढुङ्गाना सहित बैंकको टोलीले डस्टबिन, झाडू, माक्स र पन्जा लगायतका सरसफाईका सामाग्री हस्तान्तरण गरेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक राम बहादुर नेपालीले जानकारी दिनुभयो ।
यस्तै रामपुरमा व्यबसाय गर्दै आउनुभएका कैलाश स्टोरका सञ्चालक कैलाश डोटेलले पनि सामाजिक उत्तरदायित्व अन्तर्गत नै प्रहरी कार्यालयलाई शुद्ध पिउने पानीको लागि डिस्पेन्सर हस्तान्तरण गर्नु भएको छ । इलाका प्रहरी कार्यालय रामपुरमा गएर उहाँले प्रहरी प्रमुख नेपालीलाई डिस्पेन्सर प्रदान गर्नु भएको हो ।
सामग्री बुझ्दै इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक राम बहादुर नेपालीले शान्ति सुरक्षा र सद्भाव कायम गर्न हर नागरिकको दायित्व हुने भन्दै प्रहरीसंग सहकार्य गरि सामाजिक कार्यमा लाग्नुहुने सबैमा धन्यवाद दिनुभयो ।