काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सेन्ट्र कन्ट्र्याक्टका लागि पुरुष तथा महिला खेलाडीहरुको नयाँ ग्रेडिङ गरेको छ । पुरुषतर्फ ३३ जना तथा महिलातर्फ १९ जना खेलाडी ग्रेडिङमा समेटिएका छन् ।
पुरुषतर्फ ‘ए’, ‘बी’, ‘सी’, ‘डी’ र इमर्जिङ गरी पाँचवटा समूहमा खेलाडीहरुलाई बाँडिएको छ । ए ग्रेडमा पाँच र बी ग्रेडमा पाँच खेलाडी छन् । यस्तै सी मा चारजना र डीमा १२ जना खेलाडी समेटिएको छ । इमर्जिङमा ७ जना परेका छन् ।

ग्रेड एमा कप्तान रोहितकुमार पौडेलसँगै सन्दीप लामिछाने, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र आसिफ शेख छन् । यसअघि ए मा रहेका कुशल भुर्तेल बी मा समावेश छन् । ग्रेड बीमा करण केसी, कुशल भुर्तेल, गुल्सन झा, ललितनारायण राजवंशी र अनिल साह छन् भने ग्रेड सीमा सन्दीप जोरा, आरिफ शेख, भीम सार्की र कुशल मल्ल छन् ।
ग्रेड डी मा सागर ढकाल, लोकेश बम, शाहब आलम, आकाश चन्द, बिबेक यादव, सुर्य तामाङ, रिजन ढकाल, देव खनाल, बसिर अहमद, प्रतिश जिसी, अविनाश बोहरा र मयन यादव छन् ।
ए ग्रेडमा परेकाले एक लाख रुपैयाँ पाउने छन् । यस्तै बी, सी डी ले क्रमशः ७० हजार, ५५ हजार र ३५ हजार मानसिक पारिश्रमिक पाउने क्यानले जनाएको छ । इमर्जिङ खेलाडीलाई २५ हजार मासिक दिइनेछ । ग्रेडिङ अंग्रेजी वर्षको सुरुको ६ महिनाका लागि लागु हुनेछ र त्यसपछि फेरि मुल्यांकन गरिने क्यानले जनाएको छ ।