प्रेम बगाले
बराङ्दी, पाल्पा । कालीगण्डकी बोर्डिङ स्कुल बगनासकाली-८ बराङ्दी पाल्पाका बिद्यार्थीहरुले खाना महोत्सव सम्पन्न गरेका छन ।
ब्यवहारिक ज्ञान र सिप सिकाउन विद्यालयमा खानाका बिभिन्न परिकार बनाई महोत्सव गरेको विद्यालयले जनाएको छ । महोत्सवमा कक्षा ४ देखि कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीहरुले खानाको बिभन्नि परिकार बनाई विक्रि गरेका थिए ।
बोडिङ स्कुलका प्रिन्सीपल गणेशप्रसाद बस्यालले गत बर्ष दुना टपरी बनाउन सिकाएको र यस बर्ष खाना महोत्सव गरिएको बताउनु भयो । उहाँले बिद्याथीहरुलाई सिप, सामुहिकता र व्यवस्थापनको ज्ञान दिन यो कार्यक्रम गरिएको बताउनु भयो ।
पढाईसंगै अतिरिक्त क्रियाकलाप अन्तर्गत खाना महोत्सव गरिएको विद्यालयका संचालक खुमलाल पाठकले बताउनु भयो । महोत्सवमा विद्यार्थीहरुले चुकाउनी, सेल रोटी, बटुक, खीर लगायतका परिकारहरु बनाएका थिए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बामदेव बस्यालले बिद्यालयमा आगामी दिनहरुमा यस्तै प्रकारका विभिन्न व्यवहारिक र सीपमुलका कार्यक्रम संचालन गदै जाने कार्यक्रम रहेको बताउनु भयो ।