विष्णु जिसी
झडेवा, पाल्पा । सेवा प्रवाह सरलिकृतको लागि अन्तर तह समन्वय र सहकार्य सम्बन्धी एक दिने अन्तर्किया कार्यक्रम माथागढीको झडेवामा सम्पन्न भएको छ ।
कार्यक्रममा कार्यालयको सांगठनिक संरचना, प्रवाह हुने सेवाहरु, सेवा प्रवाहमा देखिने समस्या तथा समाधानका उपायहरु, कर प्रणाली र करका दायरा तथा करका क्षेत्रहरु लगायतको विषयमा शहजिकरण गरिएको थियो । कार्यक्रमको शहजिकरण रेलु तथा साना उद्योग कार्यालय पाल्पाका उद्योग अधिकृत श्याम कुमार पौडेल र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका अधिकृत मनोज अधिकारीले गर्नु भएको थियो ।

कार्यक्रम पश्चात सेवा प्रवाहमा देखिने विभिन्न प्रकारका समस्याहरुको समाधानका विकल्पहरु तथा दोहोरो करप्रणाली एवं करसम्बन्धी व्यवस्था गरिएका ऐन कानुनहरुका बारेमा आफुहरु प्रशिक्षित हुन पाएको सहभागीहरुले बताएका थिए । घरेलु तथा साना उद्योग कार्यालय पाल्पाको आयोजना र माथागढि गाउँपालिकाको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको पालिका अध्यक्ष यम बहादुर चिदीले बताउनु भयो ।