विष्णु जिसी
देवगीर, पाल्पा । रत्न माध्यमिक विद्यालय माथागढी ४ देवगीर पाल्पामा QEQS (सक्षम) कार्यक्रम अन्तर्गत विद्यालय सामाजिक परीक्षण तथा सार्वजनिक सुनुवाई सम्बन्धी कार्यशाला सम्पन्न भएको छ ।
दुई दिने उक्त कार्यशालामा विद्यालय सामाजिक परीक्षण समिति गठन प्रक्रिया र यस समितिको कार्यहरु, प्राविधिक उपसमितिको गठन प्रक्रिया सँगसँगै विभिन्न सुचकहरुमा अध्ययन (अवलोकन,छलफल र दस्तावेज) र त्यसबाट प्राप्त तथ्यहरुको आधारमा मूल्यांकन गरि प्रतिवेदन तयार पार्ने कार्य सम्पन्न गरिएको थियो । यस्तै दोस्रो दिन सामाजिक परीक्षण प्रतिवेदनको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको थियो ।
माथागढी गाउँपालिका र British council Nepal को सहयोगमा सम्पन्न कार्यक्रममा माथागढी पालिका अन्तर्गतका ९ वटा विद्यालयको प्रअ, विव्यस तथा शिक्षक अभिभावक संघका अध्यक्षहरुको सहभागिता रहेको थियो । कार्यशालामा British council Nepal का गुणराज मोक्तानले सहजीकरण गर्नुभएको थियो ।