कुसुमखोला, पाल्पा । भवानी माध्यमिक विद्यालय, कुसुमखोला पाल्पको ६८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष कार्कीले शिक्षाको गुणस्तर सुधारमा शिक्षक, विद्यार्थी, अभिभावक र समाज सबैको महत्वपूर्ण भूमिका रहने बताउँदै स्थानीय सरकारले शैक्षिक सुधारका लागि सधैं विद्यालय समुदायसँग सहकार्य गर्न तत्पर रहेको बताउनु भयो ।

गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सबै पक्षको भूमिका महत्वपूर्ण हुने बताउनु भयो । उहाँले शिक्षक, विद्यार्थी, अभिभावक र समुदायले आपसी सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

समारोहमा विद्यालयका प्रधानाध्यापकले विद्यालयको प्रगति प्रतिबेदन तथा आर्थिक प्रतिबेदन प्स्तुत गर्नु भएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो।