दमकडा, पाल्पा । विद्यार्थीलाई व्यवहारिक ज्ञान, सीप र संस्कृति हस्तान्तरण गर्ने उद्धेश्यले रिभर भ्याली बोर्डिङ् स्कुल दमकडा पाल्पाले क्रियाकलापमा आधारित सिकाइ क्याम्प संचालन गरेको छ ।

क्याम्पमा विद्यार्थीहरूले विभिन्न शैक्षिक क्रियाकलाप गरेका थिए । यस्तै विद्यार्थीले घरमा गर्न सक्ने कामको समेत अभ्यास गरेका थिए । उनीहरूले घरमा गर्न सक्ने घरायसी काम, आफ्ना व्यक्तिगत सरसफाईको बारेमा विद्यालयमै प्रत्यक्ष अभ्यास गरेर सिकाइ आदानप्रदान गरेका थिए ।

यस्तो अभ्यासले विद्यार्थीहरू आफ्नो कामका लागि आफैँ सक्षम हुने रिभर भ्याली बोर्डिङ् स्कुलका प्रिन्सिपल मिनप्रसाद बन्जाडेले बताउनु भयो । यसका साथै अभिभावले घरमा तयार गर्ने खानाका परिकार बनाएका थिए । विद्यार्थीले आफ्नो घर समुदायमा उत्पादन हुने खाद्यवस्तुबाट बनेका परिकार बनाएर खान सिकाउने उद्धेश्यले क्पाम्प संचालन गरिएको उहाँले जानकारी दिनुभयो ।

क्याम्पमा विभिन्न जातजातिका कला संस्कृति झल्कने नाच र गीत प्रस्तुती गरिएको थियो । यस्तो क्याम्प जिल्लामै पहिलो पटक गरिएको विद्यालयले जनाएको छ ।

कार्यक्रममा पूर्वमन्त्री सोमप्रसाद पमण्डेय, पूर्वसांसद यादवबहादुर रायमाझी, तानसेन नगरपालिकाका पूर्व नगरप्रमुख अशोककुमार शाही, वुद्धिजीवि निर्मल श्रेष्ठ, तानसेन बहुमुखी क्याम्पसका प्रमुख पुस्करराज रेग्मी, न्यु होराइजन माविका प्रिन्सिपल डाँसुराम पन्त, माउन्ट भ्याली बोर्डिङ् स्कुलका प्रिन्सिपल प्रेमराज खराल, शिक्षा क्षेत्रका अगुवा वुद्धिप्रसाद शर्मालगायतले आआफ्नो धारणा राख्नु भयो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीधरप्रसाद घिमिरेको अध्यक्षता र जीवन रायमाझीको संचालनमा सम्पन्न भएको थियो ।