पूर्वखोला, पाल्पा । नेपाल राष्ट्रिय शिक्षक संगठन पूर्वखोला गाउँ समितिको तेस्रो गाउँ अधिवेशनले सुशील न्यौपानेको अध्यक्षतामा २५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ ।
समितिका उपाध्यक्ष तीर्थ सारू, महिला उपाध्यक्ष शान्ति श्रेष्ठ, सचिव कृष्णप्रसाद पंगेनी, सहसचिव नरमाया सारु, कोषाध्यक्ष झमान सीं ढेगा र सह कोषाध्यक्ष संगीता डोटेल रहनुभएको छ।
उद्बुद्ध माध्यमिक विद्यालय रिङ्नेरहमा सम्पन्न अधिबेशनमा बोल्दै प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठन लुम्बिनी प्रदेश महासचिव सुरेश प्रसाद गौतमले शिक्षकहरु समाज परिवर्तनका संवाहक भएकाले विद्यालयको शैक्षिक सुधारमा महत्वपूर्ण भूमिका खेल्नु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा शिक्षक महासङ्घ केन्द्रीय प्रतिनिधि टिकाराम ढकाल, नेपाल राष्ट्रिय शिक्षक संगठन पाल्पा जिल्ला उपाध्यक्ष तथा महिला विभाग प्रमुख संगीता पाण्डे, नेपाल राष्ट्रिय शिक्षक संगठन पाल्पा जिल्ला पूर्व अध्यक्ष नीलकण्ठ न्यौपाने, पूर्वखोला गाउँपालिका अध्यक्ष नुनबहादुर थापा लगायतले शिक्षकको हकहित शिक्षक आन्दोलन र समय सापेक्ष विभिन्न विषयमा आफ्ना धारणाहरू राख्नुभएको थियो।
संगठनको अधिबेशन तथा ११५औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा पूर्वखोला गाउँपालिका भित्रको उत्कृष्ट महिला प्रधानाध्यापकको रुपमा भिमसेन प्राथमिक विद्यालय देवीनगर मुन्टुङ्गका प्रधानाध्यापक राधा सीके लाई सम्मान गरिएको थियो।
नेपाल राष्ट्रिय शिक्षक संगठन पाल्पा जिल्ला सदस्य अनन्त राम पाण्डेको स्वागत, नेपाल राष्ट्रिय शिक्षक संगठन पूर्वखोला गाउँ समितिका कार्यवाहक सचिव कृष्णप्रसाद पंगेनीको सञ्चालन तथा नेपाल राष्ट्रिय शिक्षक संगठन पूर्वखोला गाउँ समितिका अध्यक्ष लोकहरी देवकोटाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।