एवत सारु
फोक्सिङ्गकोट, पाल्पा । ११५ औं अन्तर्रास्ट्रिय नारी दिवसको अवसरमा रम्भा गाउँपालिका २ फोक्सिङ्गकोट पाल्पामा विभिन्न क्षेत्रमा अगुवाई गर्ने महिलालाई सम्मान गरिएको छ।
फोक्सिङ्गकोटमा शैक्षिक, सामाजिक, आर्थिक खेत्रमा अगुवाई गर्नुहुने रम्भा गाउँकार्यपालिका सदस्य सरस्वती बिक, उपहार महिला उद्यमी आहकारी संस्थाका अध्यक्ष गंगीसरा सिङ्गजाली, शिक्षक बिमला देवी सुनारीलाई कार्यक्रममा सम्मान गरिएको हो। महिला उत्थान समन्वय समितिको आयोजना र रम्भा गाउँपालिकाको आर्थिक सहयोगमा संचालन गरिएको कार्यक्रममा भगवती मश्राङ्गीले स्वागत गर्नु भएको थियो।

प्रमुख अतिथि जिल्ला समन्वय समिति पाल्पाको सदस्य भोबिसरा सारूले महिला सशक्तीकरण र बिकासमा महिला संजालले हिजो र आज गरेका कामको इतिहास बताउदै हिजोको तुलनामा महिला अधिकार, सहभागिता, विकासमा उल्लेखनीय परिवर्तन भएको बताउनु भयो।
कार्यक्रममा वडा अध्यक्ष चेतबहादुर सुनारी, फोक्सिङ्गकोटका वडा सचिब धनकुमारी सारू, उपहार महिला सहकारीका अध्यक्ष गंगीसरा सिंजाली, कार्यपालिका सदस्य सरस्वती बिक लगायतले नारी दिवसको महत्व, औचित्य र सान्दर्भिकता बारे बिचार राख्नु भएको थियो। कार्यक्रम मनिषा आलेको संचालन र अध्यक्ष उमिशा सुनारीको अध्यक्षतामा चलेको थियो।