विष्णु जिसी
माथागढी, पाल्पा । माथागढी गाउँपालिका पाल्पामा सरुवा तथा महामारीजन्य रोगहरु सम्बन्धी एक दिने सचेतिकरण तथा पैरवी कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा डाक्टर शिसिर पटेल, स्वास्थ्य कार्यालय पाल्पाकी जनस्वास्थ्य अधिकृत महालक्ष्मी ढुङ्गाना, जनस्वास्थ्य अधिकृत हुमनाथ आले, माथागढी स्वास्थ्य शाखा प्रमुख केशव जिसी, हेल्थ असिस्टेण्ट प्रवेश पौडेल लगाएतले सरुवा तथा महामारीजन्य रोगहरुको बारेमा शहजिकरण गर्नु भएको थियो ।

स्वास्थ्य कार्यालय पाल्पाको आयोजनामा सञ्चालित कार्यक्रममा गाउँपालिका अध्यक्ष यम बहादुर चिदी, उपाध्यक्ष विष्णुमाया लुङ्चे, प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद घिमिरे, प्रवक्ता शंकर दर्लामी, वडाध्यक्षहरु कार्यपालिका सदस्यहरु तथा माथागढी पालिका भित्रका स्वास्थ्यकर्मी लगाएतको सहभागिता रहेको थियो ।