माथागढी, पाल्पा । माथागढी गाउँपालिका पाल्पामा ग्रामिण सडक गुरुयोजना सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा माथागढी गाउँपालिका भित्रका ग्रामिण सडकहरुको गुरुयोजना बनाउने विषयमा कर्मचारी र जनप्रतिनिधीहरु बीच छलफल तथा अन्तरक्रिया गरिएको थियो ।

ईन्जिनियर किशोर बगालेले सहजिकरण गर्नुभएको कार्यक्रममा गाउँपालिका भित्रका सम्पुर्ण सडकहरुको अवस्था, भविष्य, लागत अनुमान र बजेटको श्रोत लगायतका विषयमा छलफल गरिएको थियो । कार्यक्रममा पालिका अध्यक्ष यम बहादुर चिदीले यस प्रकारको छलफल र अन्तरक्रियाले ग्रामिण सडकहरुको सुधार तथा दीगोपनाको लागि सहयोग पुग्ने बताउनु भयो ।