देवीनगर, पाल्पा । मातृभूमि मावि पूर्वखाेला ४ देवीनगर पाल्पाकाे ६८ औं वार्षिकोत्सब तथा अभिभावक दिवस विभिन्न कार्यक्रम गरि सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि पूर्वखाेला गाउपालिकाका प्रवक्ता तथा देवीनगर वडाका अध्यक्ष मेहर सिं थापाले बालबालिकाकाे भविष्य निर्धारण शिक्षाले गर्ने हुनाले बालबालिकालाई व्यवहारिक सिपमुलक नैतिकवान शिक्षा दिन सरोकारित शिक्षक र अभिभावककाे महत्त्वपूर्ण भुमिका हुने बताउनु भयो । विद्यार्थीले अनुशासनका साथ मेहनत गरेर पढ्न निर्देशन गर्नु हुदै विद्यालयकाे शैक्षिक र भाैतिक विकासको लागि आफ्नाे क्षेत्रबाट साथ सहयोग गरि रहने प्रतिवद्दता समेत व्यक्त गर्नु भयो ।

विद्यालयलाइ पूर्वखाेला गाउकार्यपालिका सदस्य रेवति सरा घर्ती , देविनगर वडा सदस्य भुवन सिंजाली , पुर्व स्रोत व्यक्ति टेक बहादुर खत्री, नेपाल वायुसेवा निगममा कार्यरत शाखा अधिकृत हरि बहादुर सारुले शैक्षिक गुणस्तर वृद्धिका लागि सरोकारवाला सबै पक्षहरु जिम्मेवार भएर लाग्नु पर्नेमा जोड दिनु भयो ।

यस्तै मुकुन्द प्रा वि का शिक्षक नारायण दर्लामी, शिक्षक अभिभावक संघका अध्यक्ष हुम बहादुर सिंजाली, खुम बहादुर सिंजाली , शेर बहादुर गाहा , विद्यार्थी कमल सिंह मगर र इन्द्रमाया गाहा लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

उक्त समारोहमा विद्यालयका प्रअ पितम प्रसाद वस्यालले विद्यालयकाे शैक्षिक भाैतिक सामाजिक प्रगति प्रतिवेदन र १ करोड ८१ लाख ८२ हजार ३८ रुपिया बराबरको आयव्यय विवरण साथै ५ वटा भावि याेजना पेश गर्नु भयो ।

विद्यालयको वार्षिकाेत्सवकै अवसरमा स्वर्गीय प्रअ मेहरमान थापाकाे स्मृतिमा उहाँको धर्मपत्नी धनी सरा थापा छाेरिहरु सुस्मिता थापा करुणा थापाले रु १ लाख १ हजार १ सय ५ रुपियाको, स्वर्गीय छाेरा महेश खत्री स्मृतिकाे नाममा बुबा टेक बहादुर खत्रीले १५ हजार ५ रुपियाको, स्वर्गीय छाेराहरु टेक बहादुर गाहा र मीन बहादुर गाहा स्मृतिकाे नाममा बुबा शेर बहादुर गाहाले ५ हजार रुपियाको , स्वर्गीय बुबा बल बहादुर सिंजाली र आमा हिरा सरा सिंजालीको स्मृतिमा जय बहादुर सिंजालीले २० हजार थप गरि १ लाख रुपिया बराबरको अक्षयकोष स्थापना गर्नु भयो ।

कार्यक्रममा विभिन्न व्यक्तित्वहरुबाट स्थापना गरेको अक्षयकोषबाट छात्रवृत्ति प्रदान गरिएको थियो । यस्तै अक्षयकोष स्थापना गर्ने व्यक्तिलाई दाेसल्ला र सम्मानपत्रबाट सम्मान समेत गरिएको थियो । सोही कार्यक्रममा पढाईमा उत्कृष्ट हुने तथा खेलकुद प्रतियोगिता र विभिन्न अतिरिक्त क्रियाकलापमा विजय हुने विद्यार्थीलाई पुरुस्कार वितरण गरेको थियो ।

विद्यालयकाे स्काउट ट्रुप समुहले पिटि प्रदशन गरेको थियो । पाँच महिना अगाडि विद्यालयका प्रअ मेहरमान थापाको असामाहिक निधनले यसपटकको कार्यक्रम भव्य र सास्कृतिक कार्यक्रम नगरि सामान्य रुपमा मनाएको विद्यालयले जनाएको छ।

कार्यक्रम शिक्षक रिता ढकालको संचालन र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भाेज बहादुर मश्राङ्गीकाे अध्यक्षतामा सम्पन्न भएको थियो ।