लोकेन्द्र थापा
कसेनी, पाल्पा । माथागढी गाउँपालिका तथा ब्रिटिश काउन्सिल नेपालको सहयोगमा दिव्य ज्योति माविका विद्यालय व्यवस्थापन समिति, शिक्षक अविभावक संघ, निगरानी समूह शिक्षक र विद्यार्थी प्रतिनिधिहरू समेतको सहभागितामा ५ वर्षे विद्यालय सुधार योजना निर्माण गर्ने ३ दिने कार्यशाला सम्पन्न भएको छ।
उक्त कार्यशालामा माथागढीका थप ८ वटा विद्यालयका प्रअ, विव्यस र शिअसका अध्यक्षहरू समेतको सहभागिता रहेको थियो। कार्यशालाको उदघाटन माथागढी गाउँपालिका अध्यक्ष तथा प्रमुख अतिथि यम बहादुर चिदीले गर्नुभएको थियो ।

बिव्यस अध्यक्ष रेखिराम रानाको अध्यक्षतामा भएको उदघाटन समारोहमा अतिथिहरूको रूपमा जिल्ला समन्वय समिति सदस्य केशमाया सुनार, वडा नं ३ का अध्यक्ष तेजबहादुर घर्तीमगर, कार्यपालिका सदस्य लिलासरा चिदी वडा सदस्य मानबहादुर राना, शिक्षा शाखा प्रमुख प्रकाश पाठक लगायत हुनुहुन्थ्यो। उक्त ३ दिने कार्यशालाको सहजिकरण ब्रिटिश काउन्सिल नेपालका प्रशिक्षकहरू गुनराज मोक्तान र तीर्थराज कडेँलले गर्नुभएको थियो।