पाल्पा । माथागढी गाउँपालिका र ब्रिटिश काउन्सिल नेपालको सहकार्यमा सञ्चालित (QEQS) सक्षम कार्यक्रम अन्तर्गत विद्यालय व्यवस्थापन सम्बन्धि २ दिने कार्यशाला सम्पन्न भएको छ।
कार्यशालामा माथागढी गाउँपालिका भित्रका १० वटा विद्यालयहरूका प्रधानाध्यापकहरू, विद्यालय व्यवस्थापन समिति र शिक्षक अविभावक संघका अध्यक्षहरूको सहभागीता रहेको थियो । दुई दिनसम्म सञ्चालित तालिममा विद्यालयको सर्वपक्षिय सुधारका लागि गरिनु पर्ने विविध पक्षहरुको बारेमा शहजिकरण गरिएको थियो । कार्यशालाको सहजिकरण ब्रिटिश काउन्सिल नेपालको तर्फबाट प्रशिक्षकहरू तिर्थराज कँडेल तथा लोकेन्द्र थापाले गर्नु भएको थियो।

पालिका अध्यक्ष यम बहादुर चिदी प्रमुख अतिथि रहनु भएको कार्यशाला समापन कार्यक्रममा गाउँ कार्यपालिका सदस्य तुल्सा न्यौपाने, वडा नं. २ का वडा सदस्य यान सिं थापा, शिक्षा शाखा संयोजक प्रकाश पाठक, गाउँ शिक्षा समिति सदस्य जेत्तर बहादुर राना र परीक्षा समिति सदस्य राजन अधिकारी लगायतको उपस्थिति रहेको थियो । माथागढी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष तेज घर्ती मगरको अध्यक्षतामा उद्घाटन गरि शुरु गरिएको उक्त कार्यशालाको सामाजिक विकास समितिका संयोजक राजकुमार पन्थीको अध्यक्षतामा सम्पन्न गरिएको थियो।