तानसेन, पाल्पा । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल पाल्पाको अध्यक्षमा मोहन ढकाल निर्वाचित हुनु भएको छ । पूर्वखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख समेत रहनु भएका ढकाल पाल्पाको तानसेनमा सम्पन्न महासंघको चौथो जिल्ला अधिवेशनबाट अध्यक्षमा चयन हुनु भएको हो ।
कार्यसमितिमा उपाध्यक्ष खुल्ला तर्फ चन्द्रतारा बस्याल, उपाध्यक्ष महिला तर्फ रिता थापा, सचिवमा सुनिल अधिकारी, उपसचिवमा केशब बहादुर जिसी र कोषाध्यक्षमा गिताकुमारी श्रेष्ठ चयनु हुनु भएको छ ।

सदस्यहरुमा खुल्ला तर्फ हरिबहादुर कुमाल रिब्दीकोट, चन्द्रा चलाउने पूर्वखोला, सुनिता सारु माथागढी, जयबहादुर सोमै निस्दी र नेत्रप्रसाद पोखरेल रामपुर रहेका छन् । यस्तै पालिका तर्फबाट मिना बम (निस्दी), बिष्णु परियार (रामपुर), शान्ता खराल (बगनासकाली), झपेन्द्र घिमिरे (तानसेन), मनिषा लोहनी (माथागढी), माया परियार (रिब्दीकोट) ,रामप्रसाद न्यौपाने ,(रैनादेवी छहरा), रोशन रावल (तिनाउ) र रत्ना फाल (पूर्वखोला) रहेका छन् ।