माया राना
जल्पा, पाल्पा । पूर्वखोला गाउँपालिका पाल्पाले सञ्चालन गरेको एकिकृत घुम्ती शिविर वडा नं. २ जल्पामा सम्पन्न भएको छ ।

शिविरको चौथो दिन जल्पामा ३१ वटा व्यवसाय दर्ता नविकरणबाट ३४ हजार ३ सय ९० रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै १३ वटा योजना संझौता र पशु स्वास्थ्य सेवा अन्तर्गत २ सय १ पशुपंक्षिहरूलाई परजीवी नियन्त्रण औषधि वितरण गरिएको थियो भने १० जना कृषकलाई कृर्षि परामर्श प्रदान गरिएको थियो ।

स्वास्थ्य परिक्षण, परिवारयोजना तथा प्रजनन रूपान्तरण स्वास्थ्य शिविर अन्तर्गत २ जनाले इम्प्लान्ट सेवा, ४८ जनाले भिआईए सेवा र ११ जनाले अन्य विभिन्न सेवा तथा परामर्श लिएको प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले जानकारी दिनु भयो ।

नागरिकलाई घरदैलोमा सेवा उपलब्ध गराउने उद्देश्यले सबै वडालाई पायक पर्ने गरि शिविर सञ्चालन गरिएको घुम्ति शिविरको अन्तिम दिन फाल्गुण ६ गते वडा नं. ६ को हेक्लाङमा सञ्चालन हुने आयोजकले जनाएको छ ।