खुमबहादुर पौडेल
हुमिन, पाल्पा । जनहित भगवती माध्यमिक बिद्यालय रम्भा ४ हुमिनको ६७ औं बार्षिक उत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि रम्भा गाउँ पालिकाका प्रबक्ता कृष्ण बहादुर रायमाझीले सबै सरोकारवाला एक जुट भए मात्र बिद्यालयको उन्नति प्रगति हुने बिचार व्यक्त गर्नु भयो । कार्यक्रमका बिशिस्ट अतिथि रम्भा गाउँ कार्य पालिका सदस्य भोज बहादुर बिकले अनुशासित विद्यार्थी , लगनशील शिक्षक र सहयोगी अभिभावक को मिलेमतोबाट सिकाइ अवस्थामा सुधार आउने बताउनुभयो ।

कार्यक्रममा गाउँ कार्यपालिका सदस्य बिमला गहतराज, पुर्व अध्यक्ष सुबि बि क, रम्भा माध्यमिक बिद्यालयका प्रधानाध्यापक कमल बस्याल ,अमर आधारभूत बिद्यालयका प्रधानाध्यापक इश्वरी बस्याल, नेत्र बहादुर गैरे, मिलन काफ्ले, मनरुपा बिक लगायतले शुभकामना दिनु भएको थियो ।

कार्यक्रममा प्रधानाध्यापक खुमबहादुर पौडेलले बिद्यालयको शैक्षिक भौतिक विवरण प्रस्तुत गर्दै ९७ लाख ५४ हजार ७६२ रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भयो । यसै अवसरमा बिद्यालयका पुर्व सहायक प्रधानाध्यापक योगेन्द्र गैरेले ५० हजार रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरिदिनु भयो । कार्यक्रममा सहायक प्रधानाध्यापक राजन पौडेल , शिक्षक युबराज ढकाल , भबिसोर पाण्डे र रन बहादुर काम्मुलाई सम्मान गरिएको थियो ।

कार्यक्रमको बीच बीचमा नमूना बाल मंचका विद्यार्थीहरुले मौलिक लोक सस्कृती झल्काउने गीत तथा नाच प्रस्तुत गरेका थिए । यस्तै शैक्षिक क्षेत्र तथा अन्य विभिन्न बिधामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । विद्यार्थी सम्पदा पौडेल र एलिजा गहतराजको संचालन र बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हुम बहादुर बिकको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।