पाल्पा । रोटरी क्लव अफ पाल्पा लुम्बिनीले आफ्नो वार्षिक कार्यक्रम अनुसार पाल्पाका दुईवटा विद्यालयहरुलाई फर्निचर सहयोग गरेको छ ।

क्लवले गणसालमा रहेको बालकन्या भगवती आधारभूत विद्यालयमा १० सेट फाईवरडेस्क तथा वेन्च र तानसेन ७ सुन्दर गाउँको सरस्वती माध्यमिक विद्यालयमा ५० थान कुर्सी हस्तान्तरण गरेको छ ।

गरिएको क्लवका पव्लिक इमेज चेयर पर्सन हरि अर्यालले जानकारी दिए । फर्निचर हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि क्लवका संस्थापक अध्यक्ष गोपालवहादुर पोख्रेललेले फर्निचर हस्तान्तरण गर्दै उनले सामाजिक उत्तरदायित्वलाई ध्यानमा राखेर क्लवले गर्ने गरेका हरेक क्रियाकलापहरु महत्वपूूर्ण रहेको बताउनु भयो ।

बालकन्या भगवती आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोचनप्रसाद तिमिल्सेना र सरस्वती माविका अध्यक्ष रामप्रसाल पोखरेलले विद्यालयप्रति क्लवले देखाएको सहयोग र सद्भाव प्रशंसनिय रहेको भन्दै धन्यवाद दिनु भयो । तानसेन –७ का वडा अध्यक्ष एवं क्लवका अध्यक्ष प्रदीप खनालको अध्यक्षता, क्लवका सचिव मुक्तीराम भूषालको सञ्चालनमा कार्यक्रम भएको थियो ।