प्रेम बगाले
चिलाङ्दी, पाल्पा । बगनासकाली –१ चिलाङ्दी पाल्पाको खेल मैदानमा भएको नारायणडाँडा क्रिकेट (एनसीसी) कप २०८१ दोश्रो संस्करणको उपाधि किंस पिप्ले क्रिकेट क्लब बगनासकाली १ ले हात पारेको छ । फाइनल खेलमा आयोजक नारायणडाँडा क्रिकेट क्लबलाई १७ रनले पराजीत गदै किंस पिप्ले क्रिकेट क्लबले उपाधि जितेको हो ।
पहिलो व्याटीङ गरेको किंस पिप्लेले निर्धारीत १५ ओभरमा ६ विकेटको क्षतिमा १ सय ३७ रनको राम्रो स्कोर बनाएको थियो ।
उसलागि सुजन गौतमले ३२ बलमा ५६ रनको रनको बिस्फोटक पारि खेले भने, अपार गैरेले २६ र र कमल खनालको १२ रनको मद्धतले राम्रो स्कोर बनाउन सफल भए । नारायणडाँडा क्रिकेट क्लबका लागि शिव बस्याल र माधव बस्यालले समान २ ÷२ विकेट लिए भने बिक्रम घिमिरे र समिन बस्यालले समान १÷ १ विकेट लिए ।

आयोजक एनसीसी निर्धारीत १५ ओभरमा ८ विकेटको क्षतिमा १ सय २० रनमा रोकिदा किंस पिप्लेले उपाधि हात पारयो। एनसीसीका लागि माधव बस्यालले ३० रन, समिन बस्यालले १७ रन शंकर घिमिरेले १५ रन जोडे पनि अन्य व्याटस् म्यानले रन जोड्न नसक्दा आयोजकले उप बिजेतामा चित्त बुझाउन बाध्य भयो । प्रतियोगिताको बिजेताले २० हजार सहित सिल्ड तथा मेडल हात पारे भने उपबिजेताले १० हजारसहित मेडल प्राप्त ग¥यो ।
किंस पिप्लेका लागि लागि अपार गैरेले ३ विकेट शुभम भुसाल र सुजन गौतमले समान २—२ विकेट लिए । उक्त खेलमा ३२ बलमा ५६ रनको रनको बिस्फोटक पारि सहित २ विकेट लिएका किंस पिप्लेका सुजन गौतम म्यान दि म्याच घोषित भए । यस्तै प्रतियोगिता भर १ सय ३० रन र ५ विकेट सहित उत्कृष्ट प्रदर्शन गरेका सुजन गौतम म्यान अफ द सिरिज हात पारे । उनले स्पीकर मोवाइल सेट, मेडल र प्रमाण पत्र हात पारे भने बेष्ट ब्याड्स म्यानको रुपमा अपार गैरेले हात पारे उनले १ सय ५२ रन बनाएका थिए । बेष्ट बलरको उपाधि नारायणडाँडा क्रिकेट क्लबका शिव बस्यालले हात पारे । उनले प्रतियोगिता भर ११ विकेट हात पारेका थिए ।

उपाधि विजेतालाई पुरस्कार वितरण गदै प्रमुख अतिथि तानसेन नगरपालिका १ का वडाध्यक्ष सुनील कुमार बस्यालले खेल प्रतियोगिताले खेलाडीको उत्पादन र विकासमा टेवा पुग्ने बताउनु भयो । उहाँले खेल मार्फत राष्ट्रको पहिचान बढाउन सफल भएकोमा खेलाडीलाइ बधाइ दिदै क्रिकेट खेल नियमीत संचालन गर्नका लागि वडा कार्यालयले आवस्यक रकम सहयोग गर्न प्रतिवद्धता व्यक्त गर्नु भयो ।
१४ टिम सहभागि रहेको खेलको पुरस्कार वितरण समारोहमा नेपाल पत्रकार महासंघ पाल्पाका सदस्य दयाराज न्यौपाने, क्लवका सचिव पवन बस्याल लगाएतले विजयी खेलाडीलाइ बधाइ ज्ञापन गदै खेलाडी उत्पाद संगै खेल मैदानको समेत स्तरोन्नतिमा सम्पूर्णलाई ध्यान दिन आग्रह गर्नु भएको थियो । पुरस्कार वितरण समारोह क्लबका अध्यक्ष विक्रम घिमिरेको अध्यक्षतामा चलेको थियो ।