माया राना
ढोलीमारा, पाल्पा । पूर्वखोला गाँउपालिका वडां नं २ जल्पा ढोलिमारामा ३० औं ओके बाजी भलिवल च्याम्पियशिप प्रतियोगिता सम्पन्न भएको छ ।

जापानी समाज सेवी काजुमासा काकिमि (ओके बाजी) ले उदघाटन गर्नु भएको उक्त प्रतियोगितामा १३ टिम सहभागी भएका थिए । प्रतियोगितामा रम्भा गाँउ पालिकाको बोरङ्से युवाक्लब पहिलो, शयारी युवा क्लव जल्पा दोस्रो र शयारी युवा क्लव भूपु टिम तेस्रो भए । बिजय खेलाडीहरुलाई क्रमस ४० हजार, २५ हजार र १५ हजार नगद सहित मेडल तथा प्रमाण पत्र वितरण गरिएको थियो ।

प्रतियोगिताको च्याम्पियनशिप अन्तर्गत रम्भा गाँउपालिका बोरङ्सेका तुलसा बाकावलले बेष्ट प्लेयर, सोही क्लबका याम आलेले बेष्ट स्पाइकर र शयारी युवा क्लब ढोलिमाराका टेकन बरालले बेष्ट सेटर तथा सोही क्लबका शेखरमान सारुले बेष्ट डिफेन्डर हात पार्न सफल भएका थिए । बेष्ट प्लेयर खेलाडीहरुलाई ट्रफी र सम्मान पत्रले सम्मान गरिएको थियो ।

हरेक बर्ष स्थानिय शयारी युवा क्लवको आयोजनामा यो कार्यक्रम हुदैं आइरहेको छ । क्लवका अध्यक्ष श्रीधन कवरको अध्यक्षता र सचिव पिम वहादुर कवरको संचालनमा सम्पन्न कार्यक्रममा चौंपारी बालक्लवका भाईबहिनीले सांस्कृती कार्यक्रम समेत प्रदर्शन गरेका थिए ।