एच.पि.भी. भनेको के हो ?
यो एक प्रकारको भाइरस हो । यसलाई ह्युमन प्यापिलोमा भाइरस (Human Papillomavirus) भनिन्छ ।

पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक एच.पि.भी. हो । यो भाइरसको २०० भन्दा बढी किसिमका प्रजातिहरू हुन्छन् र तीमध्ये कम्तिमा १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारक मानिन्छ भने यस मध्ये पनि प्रजाति १६ र प्रजाति १८ प्रमुख कारक हुन् ।

नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर यी दुई प्रजातिहरूबाट भएको देखिन्छ । २०८१ माघ २२ देखि फागुन ६ गते सम्म कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरूलाई एच.पि.भी खोप दिइँदैछ।

के एच.पि.भी. खोप सुरक्षित छ ?

नेपाल सरकारले राष्ट्रिय खोप कार्यक्रम मार्फत निःशुल्क प्रदान गर्ने सवै खोप विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त हुनुका साथै नेपालको औषधि व्यवस्था विभागले समेत स्विकृत गरेको हुनाले यो एचपिभि खोप पनि अत्यन्तै सुरक्षित र प्रभावकारी छ ।

अहिले यो खोप १४४ देशहरुले राष्ट्रिय खोप तालिकामा समावेश गरी किशोरीहरुलाई दिने गर्दछन् । यसको प्रभावकारीता शत प्रतिशतसम्म रहेको विभिन्न अध्ययनहरुले देखाईसकेको छ ।

थप जानकारीको लागि पैसा नलाग्ने नम्बर १११५ मा फोन गर्नुहुन अनुरोध छ।
Source: National Health Education Information and Communication Centre