माया राना ,
जल्पा, पाल्पा । पूर्वखोला गाँउपालिका वडा नं. २ जल्पा स्वास्थ्य चौकीमा वडा स्तरीय सरोकारवालाहरुका लागि एचपिभि खोप अभियान सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
स्वस्थ चौकीका अनमी निरुता खाम्चाले कार्यक्रममा सहजिकरण गर्दै नेपालमा पाठेघर मुखको क्यान्सरको अबस्था , महिलामा देखिएको यसको समस्या , एचपिभि खोपको महत्व, नेपालमा यो खोपको संचालन तथा रणनैतिक योजना लगायतको बारेमा जानरी दिनु भयो । यो भ्याक्सिन लगाइने सुरक्षित उमेर समुह १० देखी १४ बर्ष उमेर समुहका किशोरीहरुलाई लक्षित गरिएको हुँदा कक्षा ६ देखी दश कक्षा पढ्ने बालिकाहरुलाई विद्यालय स्तरमै अभियानको रुपमा लगाउन लागिएको समेत जानकारी दिनु भयो ।

यस्तै स्वास्थ्य चौकी प्रमुख पदम थापा दर्लामीले खोप अभियानलाई प्रभावकारी बनाउनको लागि सहयोग गर्न सहभागी शिक्षक प्रतिनिधि तथा सवै टोलमा रहेका महिला स्वयम सेविकाहरुलाई अनुरोध गर्नु भयो । कार्यक्रममका प्रमुख अतिथि वडाध्यक्ष निर बहादुर सारुले यो अभियान नेपाल सरकारले सञ्चालन गरेको राष्ट्रिय अभियान भएको बताउदै अभियानलाई सफल बनाउन सवै आ-आफ्नो क्षेत्रबाट लाग्नु पर्ने बताउनु भयो ।

अभिमुखिकरण कार्यक्रममा वडा स्तरीय खोप समन्वय समिति, सामुदायिक महिला स्वास्थ्य स्वयम सेविका, विद्यालय प्रतिनिधी र अन्य सरोकारावालाहरु सहभागी भएका थिए । कार्यक्रम जल्पा स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्स्थापन समितिका जेष्ठ सदस्य निर बहादुर सारुको अध्यक्षतामा सम्पन्न भएको थियो ।
उहाँले विद्यालयमा खोप लागाउन छुटेका लक्षित उमेर समुहलाई यही माघ २७ गते स्वस्थ संस्थामा लगाउन समेत अनुरोध गर्नु भयो । जल्पा वडाभित्र रहेका आधारभुत र माध्यमिक तहका विद्यालयहरु मध्ये जनप्रकाश आधारभूत विद्यालय साठीकोलमा यही माघ २२ गते, सरस्वती मावि जल्पा खैरेनीमा माघ २३ गते, कमला आधारभूत विद्यालय जल्पा मैदानमा २४ गते र शम्भु मावि जल्पामा यही माघ २५ गते खोप लगाउने मिति तय गरिएको छ ।