विक्रम वारघरे
झडेवा, पाल्पा । झडेवा एफ.सी.ले ज्योतिपुन्ज युवा क्लव रामपुरलाई हराउदै चौथो झडेवा कप सेभेन ए साईड खुला फुटवल प्रतियोगिताको उपाधि जितेको छ ।
किसान उ.मा.वि. झडेवा पाल्पाको खेलमैदानमा भएको फाईनलमा झडेवाले १-० गोल अन्तरले हराउदै उपाधि जितेको हो । झडेवा एफ.सी.का अफ्तार क्षेत्रिले पहिलो हाफमा गरेको गोल नै उपाधि जित्न निर्णायक वन्यो ।

किसान उ.मा.वि.को खेलमैदान झडेवामा भएको पहिलो सेमिफाइनलमा ज्योतिपुञ्जले केराबारी फुटबल क्लबलाई पेनाल्टी शुटआउटमा हराउदै फाईनल पुगेको थियो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।
त्यस्तै निर्धारित समयमा खेल वरारवरीमा पुग्दा दोस्रो सेमिफाइनलमा आयोजक झडेवाले एनजेवाइसीलाई पेनाल्टी शुटआउटमा नै हराउदै ज्योतिपुन्जसंगको फाईनल भेट पक्का गरेको थियो ।

विजेता झडेवाको टिमले नगद ४० हजार र उपविजेता ज्योतिपुन्जले २० हजार नगद, मेडल र प्रमाणपत्र हात पारे । प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो । १६ टिमलाई २ समुहमा नकआउटको आधारमा खेल खेलाईएको क्लवका सदस्य सुमन जि.सी. ले जानकरी दिनुभयो ।

फाईनल खेल अघि माथागढी गाउँपालिकाका जनप्रतिनिधि र गाउँपालिकामा कार्यरत कर्मचारीविच मैत्रिपुर्ण खेल भएको थियो । जसमा कर्मचारीको टोलि ३-१ गोल अन्तरले विजय भए ।