बुटवल । कानुङ बचत तथा ऋण सहकारी संस्था लि. बुटवलले नयाँ सदस्यहरुका लागि एक दिवसीय सहकारीसम्बन्धि आधारभूत तथा अभिमुखीकरण तालिम तिलोत्तमा ७ केउलानीमा सम्पन्न गरेको छ ।
कानुङ सहकारीको ऐतिहासिक परिचय, यसका गतिविधिहरु, सहकारीका सिद्धान्त,नियम, बचत तथा कर्जाको कार्यविधि र सदस्यता प्राप्तिका आधारहरुका बारेमा सहभागीहरुलाई अभिमुखीकरण गरिएको थियो ।

तालिम समापन कार्यक्रमका प्रमुख अतिथि सामाजिक व्यक्तित्व सुरबहादुर थापाले कानुङ सहकारीले आफ्नो सहकारीको बारेमा सहभागीहरुलाई प्रष्टसँग बताएकोमा धन्यवाद ज्ञापन गर्नु भयो । सहकारीले नै आर्थिक र सामाजिक रुपान्तरण गर्दै आएकोमा प्रमुख अतिथि थापाले खुसी व्यक्त गर्नु भयो ।
सोही अवसरमा सहकारीका अध्यक्ष बेनप्रसाद थापा र सल्लाहकार टोपबहादुर थापाले आफ्नो कानूङ सहकारी समयसापेक्ष सञ्चालन गरिएको र सदस्य एवम् समुदायमुखी रहेको बताउँदै सहभागीहरुलाई आफ्नो संस्थाको सदस्यता लिन अनुरोध गर्नु भयो ।

तालिममा आफूहरुले कानुङ सहकारीसँगै समग्र सहकारीका सन्दर्भ जान्ने, बुझ्ने र सहकारीको सदस्यता लिने अवसर पाएकोमा सहभागीहरुका तर्फबाट यमकला थापा (जुनियर) र यमकला थापा (सिनियर) ले मन्तव्य राख्नु भएको थियो । करिव ३० करोडको आर्थिक कारोवार गरेको कानुङ सहकारीमा करिव २२ सय सेयर सदस्यहरु छन् । भलवारी संकलन केन्द्रका अध्यक्ष हुमबहादुर रानाको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रमको सञ्चालन सदस्य सीता काउचाले गर्नु भएको थियो ।