रामपुर, पाल्पा । शहिद बहुमुखी क्याम्पस रामपुर पाल्पामा गत पुष १६ गतेदेखी २३ गते सम्म भएको श्रीमदभागबत ज्ञान महायज्ञ एब धार्मिक महोत्सवको आम्दानी तथा खर्च सार्बजनिक गरेको छ ।

क्याम्पस संचालक समितिका उपाध्यक्ष एबं अर्थ संकलन समितिका संयोजक सुकदेब पोखरेलले आम्दानी खर्च सार्वजनिक गर्दै ३ करोड ६५ लाख ६६ हजार ५ सय ६५ रुपैयाँ आम्दानी जानकारी गराउनु भयो । उहाँले उक्त महोत्सव व्यवस्थापन लगायतमा ६१ लाख २३ हजार ७ सय ८७ रुपैयाँ खर्च भएको विवरण समेत सार्वजिनक गर्नु भयो ।

क्याम्पसमा संकाय थपेर सिपमुलक शिक्षा र छात्रबास भवनको स्थापना गर्ने मुल उद्धेश्यका साथ संचालन गरिएको श्रीमदभागबत ज्ञान महायज्ञ एब धार्मिक महोत्सवमा नगद १ करोड ४२ लाख ९७ हजार ९ सय ४२ रुपैयाँ संकलन भएको र जग्गाबाट १ करोड ७० लाख ६९ हजार ३ सय ३३ रुपैयाँ घोषणा भएको पोखरेलले जानकारी गराउनु भयो ।

यस्तै धान बिक्रीबाट १७ लाख ४५ हजार २८ रुपैयाँ ,चामल विक्रीबाट ६२हजार ८सय ७९ रुपैया र कलश विक्रीबाट २ लाख ७७ हजार २ सय ४२ रुपैया आम्दानी भएको समेत उल्लेख गर्नु भयो । खर्च तर्फ पण्डित तथा वाचन सम्बन्धि खर्च १६ लाख, दान दक्षिणा तथा अन्यमा ३ लाख ६हजार एक सय, बाजागाजा भजन कृतन र पन्चेवाजामा १ लाख ३५हजार, सम्मान तथा प्रमाणपत्र १३ लाख ४७ हजार ४ सय, ब्यबस्थापन १९ लाख ९८ हजार २ सय २० रुपैया, खाना खाजा प्रसादीमा ४ लाख ५ हजार ५ सय, धान संकलन खर्च १ लाख ६४ हजार ४ सय १० रुपैया तथा प्रचार प्रसार भिडियोग्राफीमा १ लाख ६७ हजार १ सय ११ रुपैया खर्च भएको विवरण सार्वजनिक गर्नु भयो।

महायज्ञ मुल आयोजक समितिका अध्यक्ष नेत्रप्रसाद भट्टराईको अध्यक्षतामा भएको महायज्ञको आम्दानी र खर्च सार्वजिनक कार्यक्रमको संचालन क्याम्पस प्रमुख मुरारी प्रसाद काफ्लेले गर्नुभएको थियो ।