तानसेन, पाल्पा । पाल्पा जेसीजमा वर्ष २०२५ का लागि सामाजिक व्यक्तित्व तथा युवा व्यसायी जेसी विवेक काजी शाक्यको अध्यक्षतामा नयाँ समिति चयन भएको छ ।

समिति चयनसँगै पाल्पाको तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी अध्यक्ष शाक्यसहित अन्य पदाधिकारी तथा सदस्यहरुलाई वर्ष २०२४ को समितिले ४४ औं पद हस्तान्तरण गरेका थिए । पद ग्रहण गरेसँगै नवनियुक्त अध्यक्ष शाक्यले पाल्पा जेसीजले वर्ष २०२५ मा स्थानीयसँग समन्वय गरी युवा लक्षित तथा समाज परिवर्तनको लागि नयाँ र विशिष्ट कार्य योजनाका साथ काम गर्ने बताउनु भयो ।

वर्ष २०२५ का लागि निवर्तमान अध्यक्षमा जेसी अर्जुन कार्की, कानुनी सल्लाहाकारमा जेसी महेश खनाल, कार्यकारिणी उपाध्यक्षमा जेसी विजय कार्की, जेसी सुनिल चापागाई, महासचिवमा जेसी गणेश पन्थी, कोषाध्यक्ष जेसी सतिशराज शाक्य, उपाध्यक्षहरुमा जेसी कला दाहाल, जेसी बिक्रम सिंह, जेसी सुमन बस्याल, जेसी करन चित्रकार, सचिवमा जेसी प्रकाश कार्की र जनसम्पर्क अधिकारीमा जेसी दुष्यान्त भण्डारी, सह कोषाध्यक्षमा जेसी दिपेन्द्र बराल, तालिम संयोक जेसी सुनिल पंगेनी, प्रकरण निर्देशक जेसी निजमदिन मियाँ र शाखा सम्पादकमा जेसी बालकृष्ण बस्याल चयन भएका छन् ।

पद हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सांसद तथा पूर्व मन्त्री वीरबहादुर रानाले थिम अनावरण गर्दै समाज र मुलुकमा देखिएका विकृति, विसंगतीका विरुद्ध सशक्त ढंगले लाग्न नयाँ नेतृत्वलाई आग्रह गर्नु भयो । सांसद् रानाले अबको जेसीज फरक ढंगबाट रचनात्मक शैली अपनाएर अगाडि बढ्नुको विकल्प नभएको समेत उल्लेख गर्नु भयो ।

वर्ष २०२४ को नेतृत्वले विभिन्न क्षेत्रबाट सहयोग पुर्‍याउने र चिया उद्यमी कमला सारुलाई सम्मान गरेको थियो । नव निर्वाचित अध्यक्ष शाक्यले पदभार ग्रहण गरेसँगै चिया उद्यमी सारुको छोरीलाई दाताको सहयोगमा कक्षा १० सम्म अध्ययन गर्न पूर्ण छात्रावृत्तिको व्यवस्था गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।