पिआर थापा
छापडाँडा स्याङ्जा । कोटाकोट आधारभुत विद्यालय कालिगण्डकि १ छापडाँडा स्याङ्जामा कक्षा ७ का छात्र समीर गाहाको अध्यक्षतामा १५ सदस्यीय आलमदेवी बालक्लब गठन भएको छ ।

उक्त बालक्लबको उपाध्यक्षामा कक्षा ७ कि प्रमिला बि.क, सचिबमा कक्षा ६ कि सिम्रन आले, सह-सचिबमा कक्षा ७ कि बिमला राना र कोषाध्यक्षमा कक्षा ६ कि प्रतीक्षा पराजुली चयन हुनु भएको छ । यस्तै सदस्यमा हिमाल पराजुली, अमर थापा, सुजन लामिछाने, पुजा राई मगर, सिम्रिका गाहा, बिपिन राना, सुस्मिता दर्लामी, रियन थापा, अनुशा घर्ती मगर र बिन्दु पराजुली चयन भएका छन् ।

बालक्लब गठन गर्न आयोजित भेलामा विद्यालयका प्रधानाध्यापक पर्थ थापाले बालक्लबको गठन प्रकृया, क्लबले गर्ने काम तथा पदाधिकारिहरुको काम कर्तब्य र अधिकारको बारेमा जानकारी गराउनु भएको थियो ।

बालक्लव गठन गर्न आयोजित भेलामा शिक्षिका नैनिकला आलेले छात्राहरुलाई एच.पि.भि. खोप सम्बन्धी अभिमुखिकरण समेत गर्नु भएको थियो ।

सरकारले यही माघ २२ देखि आगामी फागुन ६ गते सम्म देशभरि नै कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका १६ लाख किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाउँदै छ । उक्त खोप अभियानको बारेमा जानकारी दिने उद्धेश्यले अभिमुखिकरण कार्यक्रम गरिएको प्रधानाध्यापक पर्थ थापाले बताउनु भयो । कोटाकोट आधारभुत विद्यालयमा यही माघ २३ गते उक्त खोप लगाउने कार्यक्रम तय भएको विद्यालयले जनाएको छ।