१. सन् २०२५ जनवरीमा भारतको नयाँ दिल्लीमा सम्पन्न पहिलो खो–खो विश्वकपमा नेपालले कुन स्थान हासिल गर्‍यो ?
.दोस्रो (विजेता: भारत)
– पुरुष तथा महिला दुवैतर्फ नेपाल उपविजेता बनेको । नेपालले कुनै पनि स्तरको विश्वकपको फाइनल खेलेको यो पहिलो पटक हो । त्यसैले टिम गेममा नेपाली खेलकुदका लागि यो सबैभन्दा ठुलो उपलब्धि हो ।
– भारत दुवै वर्गमा खो–खो विश्वकपको पहिलो च्याम्पियन बनेको ।
– पहिलो खो–खो विश्वकपमा पुरुषतर्फ २० र महिलातर्फ १९ टिमको सहभागिता रहेको ।

२. विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल बिनाअक्सिजन आरोहण गरी विश्व कीर्तिमान कायम राख्ने साहसी आरोही को हुन् ?
.मिङ्मा जी शेर्पा
– दोलखाको रोल्बालिङका मिङ्माले सात वटै महादेशका सर्वोच्च शिखर आरोहण गर्ने कीर्तिमान पनि कायम गरेका छन् ।
– उनले हाल (विसं २०८१ पुस) सम्म विश्वका २० हिमाल ४२ पटक चढिसकेका छन् । तीमध्ये ३० पटक बिनाअक्सिजन र अक्सिजनसहित १२ पटक हिमाल आरोहण गरेका छन् ।

३. १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना मिति कुन हो ?
.विसं २०८१ चैत्र २३–३०, कर्णाली प्रदेश
–राष्ट्रिय खेलकुद परिषद् (राखेप) को २०८१ मङ्सिर २१ को ११८ औँ बोर्ड बैठकले १० औँ राष्ट्रिय खेलको सो मिति तय गरेको । यसअघि परिषदले २–९ मङ्सिरसम्म प्रतियोगिता आयोजना गर्ने भनेको थियो ।
–कर्णालीको सुर्खेतमा आयोजना हुने १० औँ राष्ट्रिय खेलकुदमा ३५ खेल समावेश गरिने जनाइएको ।

४. आवाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानले षडानन्द राष्ट्रिय पुरस्कार–२०८१ कसलाई प्रदान ग¥यो ?
.प्राडा जगदीशचन्द्र रेग्मी
–पुरस्कार राशि एक लाख रुपियाँ रहेको ।
–षडानन्द राष्ट्रिय समाजसेवा पुरस्कार साहित्यकार सुश्री भद्रकुमारी घले र षडानन्द क्षेत्रीय पुरस्कार कुन्ता शर्मालाई प्रदान गरिएको ।
–दुवै पुरस्कारको राशि ५१ हजार रुपियाँ रहेको ।
–षडानन्दले भोजपुर दिङलामा विसं १९३२ मा संस्कृत विद्यालय स्थापना गरेर तत्कालीन समयमा शिक्षाको ज्योति छर्ने कार्य गरेका ।

५. मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको स्पेसटाउन सहरबिच भगिनी सम्बन्ध कहिले कायम भएको हो ?
.विसं २०८१ मङ्सिर १० (सन् २०२४ नोभेम्बर २५)

६. उदीयमान अर्थतन्त्र भएका राष्ट्रहरूको समूह ब्रिक्सको नयाँ सदस्यका रूपमा इन्डोनेसिया कहिले प्रवेश गरेको हो ?
.सन् २०२५ जनवरी
– ब्रिक्सको अध्यक्षता गरिरहेको ब्राजिलले सन् २०२५ जनवरी ६ मा इन्डोनेसियाको सदस्यताका लागि दिइएको प्रस्ताव जनवरी १ देखि नै लागु हुने गरी स्वीकृत गरेको जनाएको ।
– इन्डोनेसियाले सन् २०२३ को जोहानेसवर्ग शिखर सम्मेलनमा सदस्यताका लागि प्रस्ताव दायर गरेको थियो ।

–ब्रिक्स देशहरूले सन् २०२४ मै इन्डोनेसियाको सदस्यता प्रश्तावलाई सर्वसम्मतिले अनुमोदन गरेको थियो । इन्डोनेसियाले त्यस समय नयाँ सरकारको गठनपछि मात्र ब्रिक्समा सामेल हुने जानकारी गराएको थियो ।
– इन्डोनेसिया दक्षिण पूर्वी एसियाको सबैभन्दा धेरै जनसङ्ख्या र ठुलो अर्थतन्त्र भएको राष्ट्र हो ।

७. चीनको स्वशासित क्षेत्र तिब्बतको सिगात्सेस्थित डिङ्ग्री काउन्टी अन्तर्गत सोगो सहरलाई केन्द्र बनाई शक्तिशाली भूकम्प कहिले गएको हो ?
.सन् २०२५ जनवरी ७
– ६.८ म्याग्निच्युडको सो भूकम्पका कारण कम्तीमा १२६ भन्दा बढी व्यक्तिको निधन भएको र एक हजारभन्दा बढी घर भत्किएका ।
– चाइना अर्थक्वेक नेटवर्क सेन्टर (सिएएनसी) ले भूकम्पको गहिराइ १० किलोमिटरमुनि र शक्ति ६.८ म्याग्निच्युड मापन गरेको । युएस जिओलोजिकल सर्भेले भने ७.१ मापन गरेको थियो ।
– नेपाली समय अनुसार ६:५० बजे गएको सो भूकम्पको पूर्वी र मध्यनेपालमा पनि ठुलो झड्का महसुस भएको ।

८. राष्ट्रिय योग दिवस कहिले मनाइन्छ ?
.माघ १
– विसं २०८१ (दसौँ) को नारा स् स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग ।
– विसं २०७२ श्रावण २८ गतेको मन्त्रीपरिषद्को निर्णय अनुरूप हरेक वर्ष माघ १ (२०७२ देखि) गतेका दिन राष्ट्रिय योग दिवस मनाउँदै आइएको ।
– संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१५ देखि हरेक वर्ष जुन २१ का दिन अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको ।
– ‘योगश्चित्तवृत्तिनिरोध’ अर्थात् योगले व्यक्तिका चित्तका वृत्ति निरोध गर्दै शारीरिक स्वास्थ्य, मानसिक शान्ति, भावनात्मक शुद्धता र चेतनाको पूर्ण विकासको मार्ग प्रशस्त गर्ने र पूर्ण स्वास्थ्य आर्जन गर्नमा महìवपूर्ण योगदान पु¥याउने विश्वास गरिन्छ ।

९. योगमाया आयुर्वेदिक विश्वविद्यालयको नाम परिवर्तन गरी के बनाइएको छ ?
.विदुषी योगमाया हिमालयन आयुर्वेदिक विश्वविद्यालय

१०. इजरायल र प्यालेस्टिनी समूह हमासबिच युद्धविरामको सहमति कहिले भएको हो ?
.सन् २०२५ जनवरी
– दुई पक्षबिचको मध्यस्थकर्ता कतार र अमेरिकाका अनुसार हमास र इजरायल दुवैले बन्दी रिहा गर्ने सर्तसहित युद्धविरामको सहमति भएको हो ।
– युद्ध विराम सन् २०२५ जनवरी १९ देखि लागु ।
– दुई पक्षबिच सहमति जुटेपछि १५ महिना लामो युद्ध अन्त्य हुन पुगेको ।
– पहिलो चरणमा छ साताभित्र हमासले महिला, बालबालिका, वृद्धवृद्धा र घाइतेसहित ३३ जनालाई क्रमशः रिहा गर्ने र त्यसको सट्टामा इजरायलले प्यालेस्टिनी बन्दी मुक्त गर्ने सहमति भएको ।
–प्यालस्टिनी समूह हमासले २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा आक्रमण गरेपछि दुई पक्षबिच युद्ध चर्किएको थियो । हमासको आक्रमणबाट अक्टोबर ७ मा करिब १२ सयको ज्यान गएको थियो ।
–हमासले २५१ जनालाई बन्धक बनाएर लगेको थियो । इजरायली आक्रमणले ४६ हजारभन्दा बढी गाजावासीको ज्यान गएको छ ।