प्रेम बगाले
बगनासकाली, पाल्पा । बगनासकाली गाउँपालिका–८ बराङ्दी घिउसीबासको सिद्धबाबा मन्दिरमा सञ्चालित ९ दिने श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक महोत्सव कार्यक्रम सम्पन्न भएको छ ।
महायज्ञ आयोजक समितिका संयोजक गणेश प्रसाद बस्यालले यस महायज्ञबाट संकलित रकम बगनासकाली गाउँपालिकाको उत्तरी क्षेत्रलाई धार्मिक पर्यटकीय तीर्थस्थलको रूपमा विकास कार्यमा खर्च गरिने बताउनु भयो । यस्तै सिद्धबाबा मन्दिर परिसरमा सत्संग हल र नागको विराट मूर्ति निर्माण गर्ने योजना रहेको पनि बताउनु भयो ।
मुल आयोजक समितिका महासचिव जीवलाल बस्यालले यो महायज्ञले सिद्धबाबा मन्दिरको प्रवर्धन र प्रचारमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नु भयो ।
महायज्ञमा महिला बाचिका विदुषी गरिमा उपाध्याय भक्त किंकरीले श्रीमद्भागवत बाचन, देवलिला र संगितमय भजनकीर्तन प्रस्तुत गर्नुभएको थियो । महायज्ञमा आयोजित धार्मिक भजन, नृत्य र सामूहिक आरती जस्ता सांस्कृतिक कार्यक्रमहरूले महोत्सवलाई थप जीवन्त बनाएको थियो ।