पिआर थापा
कारिकोट, स्याङ्जा । जनहित माध्यमिक विद्यालय कालिगण्डकी गाउँपालिका-१ कारिकोट स्याङ्जाको ६६ औ वार्षिकोत्सव समारोहको अवसरमा आयोजित वडा स्तरीय आधारभुत तह कक्षा १-५ र पालिका स्तरीय कक्षा ६-१२ को नेपाली हस्तलेखन प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा आधारभुत तह कक्षा १-५ मा कोटाकोट आधारभुत विद्यालय कालिगण्डकी-१ छापडाँडाकि बिन्दु पराजुली प्रथम, प्युघा माविकि कृपा क्षेत्री द्धितीय र जनहित माविकि चन्द्रा सुनार तृतीय भएका छन । त्यस्तै गरि पालिका स्तरिय कक्षा ६-१२ तर्फ आदर्श मावि कलिगण्डकि-२ लसर्घावेसिकी छात्रा रोशनी सिङ राना प्रथम, जनता मवि विर्घाकि छात्रा बिपसा परियार द्धितीय र जनहित मवि कारिकोटकि छात्रा थानकुमारी राना तृतीय भएकी छ्न ।

प्रतियोगितामा बिजयी विद्यार्थीहरुलाई कालिगण्डकी गाउँपालिका स्याङ्जाका उपाध्यक्ष तथा न्यायिक समितिकी संयोजक साबित्रा कोईरालाले पुरस्कार बितरण गर्नु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनु भएका उपध्याक्ष कोईरालाले विद्यालयहरुले पाठ्यक्रम र पाठ्यपुस्तकको पढाईसँगै यस्तो रचनात्मक कार्यक्रम गरेमा विद्यार्थीहरुको प्रतिभाले सवैसामु प्रष्फुटन हुने वातावरण पाउने बताउनु भयो ।

भु.पु. विद्यार्थी मन्चको ब्यबस्थापनमा भएको पहिलो दिनको कार्यक्रम विद्यालय ब्यबस्थापन समिती अध्यक्ष बेक प्रसाद श्रेष्ठको अध्यक्षाता तथा शिक्षक पशुपती पाण्डेयको सञ्चालनमा सम्पन्न भएको थियो । माघ १० गतेको विशेष समारोहमा कालिगण्डकि गाउँपालिका स्याङ्जाका अध्यक्ष खिम बहादुर थापाको प्रमुख आतिथ्यता रहने विद्यालयका प्रधानाध्यापक केसर बहादुर क्षेत्रीले जानकारी दिनु भयो।