चिदीपानी, पाल्पा । ज्ञानोदय आधारभुत विद्यालय माथागढी १ चिदिपानी पाल्पाले शिक्षकहरुलाई लक्षित गरी सञ्चालन गरेको दुई दिने पेशागत विकास तालिम सम्पन्न भएको छ ।

हिउँदे बिदाको अवसर पारेर ज्ञानोदय आधारभुत विद्यालयमा अध्यापन गराउने शिक्षकहरुको पेसागत विकास गर्ने उद्धेश्यले  उक्त कार्यशाला तालिम सञ्चालन गरिएको विद्यालयले जनाएको छ । यस प्रकारको तालिमले शिक्षकहरुमा पेशागत सीपको अभिबृद्धि भई शिक्षाको गुणस्तर सुधारमा समेत टेवा पुग्ने अपेक्षा राखिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार पन्थीले उल्लेख गर्नु भयो ।

विद्यालयले सञ्चालन गरेको यो तालिमले आफुहरुमा उत्प्रेरणा बढ्नुका साथै शिक्षण शैली र शिक्षण विधिमा समेत सहयोग पुग्ने शिक्षकहरुले बताउनु भयो । सैद्धान्तिक र प्रयोगात्मक विधिबाट सञ्चालित उक्त कार्यशालाको शहजिकरण बृटिस काउन्सिल माथागढी गाउँपालिकाका फोकल पर्सन तथा दिव्य ज्योती माविका प्रधानाध्यापक लोकेन्द्र थापाले गर्नु भएको थियो ।

माघ ४ र ५ गते सञ्चालित उक्त कार्यशाला तालिम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार पन्थीको अध्यक्षतामा सम्पन्न भएको थियो ।