प्रेम बगाले
बगनासकाली, पाल्पा । बगनासकाली गाउँपालिका पाल्पाको गाउँ सभाको १७ औँ अधिवेशन विभिन्न विधेयक तथा विषयगत वार्षिक प्रतिवेदनहरू पारित गर्दै सकिएको छ ।
हिउँदे अधिवेशनको रुपमा हेरिएको गाउँसभाले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धी विधेयक, २०८१ र विनयोजन विधेयक २०८१ (वार्षिक बजेट तथा कार्यक्रम) को पहिलो संशोधन सर्वसम्मत रुपमा पारित गरेको छ ।

सभामा उपाध्यक्ष हरि प्रसाद पाठकले छलफलका लागि प्रस्तुत गरेको विनयोजन विधेयक २०८१ को पहिलो संशोधन सर्वसम्मत रुपमा पारित गरेको छ। पारित भएको संशोधन विधेयकमा आर्थिक वर्ष २०८१/०८२ को लागि गाउँपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यका निम्ति अनुसूची –१ मा उल्लेखित चालु खर्च, पूँजीगत खर्च र वित्तिय व्यवस्थापनको रकम समेत गरी ५६ करोड ९९ लाख २ हजार मात्र नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिने उल्लेख गरिएको छ ।
त्यस्तै गाउँसभामा विधेयक समितिका संयोजक उमकला अर्यालले सभामा छलफलका लागि प्रस्तुत गर्नु भएको गाउँपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धी विधेयक, २०८१ पनि सर्वसम्मत रुपमा पारित भएको छ ।

सभामा पेश भएका विभिन्न ९ वटा विषयगत वार्षिक प्रतिवेदन समेत सर्वसम्मत रुपमा पारित गरिएको छ । विधेयक समितिका संयोजक उमकला अर्यालले सभामा पेशको गर्नु भएको विधेयक समितिको वार्षिक प्रतिवेदन, न्यायिक समिति तथा राजस्व परामर्श समितिका संयोजक हरि प्रसाद पाठकले प्रस्तुत गर्नु भएको न्यायिक समिति र राजस्व परामर्श समितिको वार्षिक प्रतिवेदन, लेखा समितिका संयोजक कृृष्ण बस्यालले प्रस्तुत गर्नु भएको लेखा समितिको वार्षिक प्रतिवेदन पनि सर्वसम्मत रुपमा पारित गरिएको थियो।
यस्तै आर्थिक विकास समितिका संयोजक खुुमादेवी भट्टराईले प्रस्तुत गरेको आर्थिक विकास समिातिको वार्षिक प्रतिवेदन, सामाजिक विकास समितिका संयोजक गीता रेग्मीले प्रस्तुत गर्नु भएको सामाजिक विकास समितिको वार्षिक प्रतिवेदन, पूर्वधार विकास समितिका संयोजक तेजप्रसाद रसालीले प्रस्तुुत गर्नु भएको पूर्वधार विकास समितिको वार्षिक प्रतिवेदन, वन वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक बोमलाल सुुनारले प्रस्तुुत गर्नु भएको वन वातावरण तथा विपद् व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन, सुुशासन तथा क्षमता विकास समितिका संयोजक बसन्ती थापाले प्रस्तुत गर्नु भएको सुुशासन तथा क्षमता विकास समितिको वार्षिक प्रतिवेदन समेत सर्वसम्मत रुपमा पारित भएका छन् ।

सभामा नगर सभा सदस्यहरु टिका बहादुर थापा, यमलाल तिमिल्सेना, कृष्ण बस्याल, खड्काबहादुर गाहा लगायतले विधेयक र विषयगत समितिका प्रतिवेदन माथि टिकाटिप्पणी गर्नु भएको थियो । उठेका टिप्पणी र जिज्ञासा माथि सभाध्यक्ष सरस्वती चिदी र उपाध्यक्ष हरिप्रसाद पाठकले सम्बोधन गर्दै छुुटेका र भएका त्रुुटिहरु आगामी दिनहरुमा सच्याएर जाने बताउनु भयो । सभा गाउँपालिका अध्यक्ष चिदीको अध्यक्षता र सभाका सचिव एवं प्रमुख प्रशासकिय अधिकृत खेमराज छिनालको सञ्चालनमा भएको थियो । सोही अवसरमा पालिकाले उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरुलाई सम्मान समेत गरेको थियो ।