रामपुर, पाल्पा । बराहा कृषि सहकारी संस्था लिमिटेड रामपुर पाल्पाको चौधौं वार्षिक सधारणसभा तथा सातौ अधिवेशन सम्पन्न भएको छ ।
साधारणसभाका प्रमुख अतिथी लुम्बिनी प्रदेश सभा सदस्य एवं अर्थ, उद्योग तथा पर्यटन समिति सभापति राजु प्रसाद श्रेष्ठले सहकारीमा सहकार्य र सह अस्तित्व हुने भएकोले सबैको अपनत्त्व हुने बाताउनु भयो। उहाँले बचत गर्ने बानीको बिकास गर्दै सुरक्षीत भबिस्यको लागि सहकारीमा बचत गर्दै समृद्ध बन्न सवैलाई आग्रह गर्नु भयो ।

संस्थाको उपाध्यक्ष कृष्ण प्रसाद घिमिरेले स्वागतको स्वागत बाट सुरु भएको कार्यक्रममा वडाध्यक्ष दिनेश आचार्यले कृषि र कृषकलार्इ आवश्यक बजेट बिनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
साधारणसभामा नियमित बचत कर्ता भिमराज घिमिरे र कमला भण्डारीलाई सम्मान समेत गरिएको थियो । संस्थाको अध्यक्ष छाया चन्द्र पङ्गेनीको अध्यक्षतामा रामपुर नगरपालिका वडा न ८ मा बराहाटारमा सप्पन्न उक्त कार्यक्रमको संचालन सचिव बिष्णु घिमिरेले गर्नु भएको थियो।