१. इलामको चुलाचुली–५ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा कहिले गरिएको हो ?
–विसं २०८१ भदौ
–बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ अन्तर्गत ५१ वटा सूचक पूरा गरेपछि बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो ।

२. सङ्घीयतालाई सबल बनाउने रणनीति सहितको १० वर्षे रणनीतिक योजनाको अवधि कुन हो ?
–आव २०७७/७८–२०८७/८८
– सरकारले सबल सङ्घीयताको परिकल्पनालाई साकार पार्ने भन्दै चार वर्षअघि १० वर्षीय रणनीतिक योजना तर्जुमा गरी लागु गरेको ।
– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा तयार पारिएको सो रोडम्यापका चार रणनीतिक स्तम्भहरू :
.सङ्घीयता कार्यान्वयन सहजीकरण
.सार्वजनिक सेवामा मानव संसाधन व्यवस्थापन
.स्थानीय पूर्वाधार विकासमा सहजीकरण
.सेवा प्रवाह र सुशासन ।

३.संस्मरणात्मक कृति ‘इन टु द फायर’ का लेखक को हुन् ?
–सञ्चार उद्यमी क्याप्टेन रामेश्वर थापा

४. युनिभर्स पिस फेडेरेसन (युपीएफ) ले प्रदान गर्ने लिभिङ फर अदर अवार्ड कसलाई प्रदान गरियो ?
–केदार रायमाझी ‘जीवन’ (समाजसेवी तथा ग्लोबल गस्पेल मिनिस्ट्रीका संस्थापक अध्यक्ष)
–अस्ट्रेलियाको जर्ज स्ट्रिट चिपेनडलमा आयोजित विशेष समारोहमा रायमाझी सहितलाई सो अवार्ड प्रदान (डिसेम्बर, २०२४) गरिएको।

५. दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठानले दैवज्ञ विशिष्ट स्रष्टा सम्मानबाट कसलाई सम्मानित गर्यो ?
–गीतकार कालीप्रसाद रिजाल (पुरस्कार राशि ; रु ५५,५५५)
–दैवज्ञ साहित्य पुरस्कार (राशि : रु ३३,३३३) कवि श्रीकृष्ण न्यौपानेलाई प्रदान गरिएको ।
–दैवज्ञ बाल साहित्य पुरस्कार (राशि : रु ३३,३३३) प्रा. प्रभा भट्टराईलाई प्रदान गरिएको ।
–दैवज्ञ समाजसेवा पुरस्कार (राशि : रु ३३,३३३) बाबुराम न्यौपानेलाई प्रदान गरिएको ।

६. काठमाडौँ महानगरका पहिलो मेयर प्रेमलाल (पिएल) सिंहको निधन कहिले भएको हो ?
–विसं २०८१ पुस १
–२०४९ को निर्वाचनमा काठमाडौँ नगरपालिकाको मेयर भएका पिएलकै पहलमा विसं २०५२ मा काठमाडौँलाई महानगर घोषणा गरिएको ।

७.भूपि काव्य पुरस्कार २०८१ कसलाई प्रदान गरियो ?
–साहित्यकार असफल गौतम
–प्रत्येक दुई वर्षमा प्रदान गरिने यस पुरस्कारको राशि रु ५० हजार र ताम्रपत्र रहेको ।

८. नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान–२०८० कसलाई प्रदान गरियो ?
–बोमबहादुर कार्की, नगेन्द्र थापा, धन लामा, प्रकाश सायमी, अनुराधा गोर्खाली, बुद्धवीर लामा, दिवाकर खड्का र किरण केशी ‘क्रोधी’
–त्यस्तै, नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार २०८० हिमाल सागर, विन्दु परियार, वी पाण्डे, आशिष अविरल र सम्राट थापालाई प्रदान गरिएको ।
–नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार २०८० भोला पौडेल, डेभिड शङ्कर, स्मिता दाहाल र कल्याण सिंहलाई प्रदान गरिएको ।
–नातिकाजी राष्ट्रिय शास्त्रीय सङ्गीत पुरस्कार २०८० रमेश पोखरेललाई प्रदान गरिएको ।

९. नेपाल बैङ्कर्स सङ्घको अध्यक्षमा कसलाई चयन गरियो ?
–सन्तोष कोइराला (विसं २०८१ पुस)

१०. फिफा सर्वोत्कृष्ट खेलाडी २०२४ कसलाई घोषणा गरियो ?
–पुरुषतर्फ स् भिनिसियस जुनियर र महिलातर्फ स् आइताना बोनमती
–फिफाले हरेक वर्ष प्रदान गर्ने यो अवार्ड यस पटक स्पेनिस क्लब रियल मेड्रिडका ब्राजिली फरवार्ड भिनिसियस र वार्सिलोनाकी स्पेनी खेलाडी बोमतीलाई प्रदान गरिएको ।
–सर्वोत्कृष्ट पुरुष प्रशिक्षक : स्कार्लो एन्सेलोटी
–सर्वोत्कृष्ट महिला प्रशिक्षक : एम्मा हेज
–सर्वोत्कृष्ट गोलकिपर (पुरुष) : एमिलियानो मार्टिनेज (अर्जेन्टिना)
–सर्वोत्कृष्ट गोलकिपर (महिला) स्लिस् : नेहर (अमेरिका)
–पुस्कास अवार्ड (पुरुषतर्फ) : अलेक्जान्ड्रो गोरान्चो
–पुस्कास अवार्ड (महिलातर्फ) : मार्टा (ब्राजिल)
–अफ्रिकी महिला वर्ष खेलाडी : बार्बरा बान्दा (जाम्बिया)