माया राना
जल्पा, पाल्पा । पूर्वखोला गाँउपालिका वडां न २ जल्पामा रहेको महिलाहरुले मात्रा संचालन गरेको शुभ सन्देश महिला कृषि सहकारी सस्थाले आफ्नो ९ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
सभामा संस्थाका अध्यक्ष चन्द्री सरा रखालले संस्थाको सांगठनिक प्रतिबेदन सुनाउदै शुरुमा हेफर प्रोजेक्टको सहयोगमा उपहार समूहको रुपमा १५ वटा समूह गठन गरिएको र पछि उक्त समूहहरुलाई मिलाएर स्थापना गरिएको यस सहकारीमा ३५७ जना सदस्य संख्या रहेको जानकारी दिनु भयो । उहाँले आधुनिक बाख्रा पालन र प्लस्टिक टनेल खेतीबाट धेरै महिलाहरु स्वरोजगार भएको तथा कृषकहरुलाई व्यवसायिकरण गर्नको लागी यस संस्थाले सहजिकरण गरिरहेको बताउनु भयो ।

साधारण सभामा संस्थाका कोषाध्यक्ष तुल्सा देवी बारघरेले १ करोड ५१ लाख २९ हजार ५१ रुपियाँ बराबरको आर्थिक प्रतिबेदन सुनाउनु भयो । गत आर्थिक वर्षमा १ लाख ५१ हजार ८५० रुपियाँ बोनस बितरण गरिएको र यस बर्ष ३ लाख २० हजार शुद्द नाफा कमाउन सफल भएको समेत जानकारी गराउनु भयो । कार्यक्रमका प्रमुख अतिथि पूर्वखोला गाँउ कार्यपालिका सदस्य भिमि सरा आलेले बचत र सँस्थाको महत्व बारे आफ्नो भनाई राख्नु भयो । सांगठनिक र आर्थिक प्रतिवेदन माथि जिज्ञासा संकलन गरी सहभागितामुलक ढंगले छलफलमा सहभागी गराईएको थियो ।
साधारण सभामा शम्भु माबि जल्पाका टोल्सरी राई दर्लामी, महिला कल्यण परिवार जल्पाका लिला राना र सामाजिक अभियान्ता सिता आचार्य लगायतले शुभकामना दिनु भएको थियो। संस्थाका उपाध्यक्ष तुल्सा बस्यालको स्वागत मन्तब्यबाट शुरुभएको कार्यक्रम सचिव टुकी सरा सारुको संचालन र अध्यक्ष चन्द्री सरा रखालको अध्यक्ष्यता सम्पन्न भएको थियो ।