गोपिकृष्ण बस्याल
ताहूँ, पाल्पा । नेपाल रास्ट्रिय शिक्षक संगठन रम्भा गाउँपालिकाको तेश्रो अधिबेशन रम्भा माध्यमिक विद्यालय ताहुँ पाल्पामा सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल रास्ट्रिय शिक्षक संगठन रम्भा गाउँ कमिटीका अध्यक्ष खुम बहादुर पौडेलले साङ्गठनिक गतिविधिको बारेमा वोल्दै बिगत वर्तमान र भावि कार्यक्रमहरु तथा संगठनको चुनौति एवं अवसरको विश्लेषण गर्नु भएको थियो । कोषाध्यक्ष अरुण कुमार देबकोताले शैक्षिक सत्र २०७९ को ७६ हजार ५४० रुपैयाको लेखा सम्बन्धी प्रतिबेदन प्रस्तुत गर्नुभयो । साङ्गठनिक प्रतिबेदन र रम्भाको गतिविधि सम्योजक कमल प्रसाद बस्यालले जानकारी गराउनु भयो।

कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठन लुम्बिनी प्रदेश महासचिव सुरेश प्रसाद गौतमले कार्यक्रमको उद्घाटन गर्दै शिक्षकहरुले गुणस्तरिय शिक्षा दिएर बालबालिकाको भबिस्यलाई उज्ज्वल बनाउन निरन्तर लाग्नु पर्ने बताउनु भयो । उहाँले शिक्षकको हकहितलाई सरकार समक्ष माग गरिरहेको पनि उल्लेख गर्नु भयो । अधिबेशनमा नेकपा एमाले रम्भाका अध्यक्ष धन बहादुर पौडेल, रम्भा गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भन्डारी, ने.रा.शिक्षक संघ जिल्ला कार्यसमिति सचीव हरि प्रसाद घिमिरे, तानसेन नगर कमिटी अध्यक्ष दिर्ध नारायण आचार्य, जिल्ला अध्यक्ष मोहन प्रसाद सापकोटा,NNT अध्यक्ष कृष्ण बहादुर थापा लगायतले मन्तव्य अधिबेशन सफलताको शुभकामना दिनु भएको थियो ।

उक्त अधिबेशनले कमल प्रसाद गैरेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ । समितिको उपाध्यक्षमा हुमा भट्टराई, महिला उपाध्यक्षमा तुलसा पौडेल, सचिवमा युबराज ढकाल, सहसचिवमा दुर्गा लक्ष्मी रेग्मी, कोषाधयक्षमा याम बहादुर नेपाली र सहकोषाधयक्षमा अन्जु लम्साल रहनु भएको छ।कार्यक्रम उपाध्यक्ष तुलसा पौडेलको स्वागत, सचिव हेम प्रसाद भट्टराईको सञ्चालन र अध्यक्ष खुम बहादुर पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियोे ।