छापडाँडा, स्याङ्जा ।
कालिगण्डकी गाउँपालिका वडा न १ छापडाँडा स्याङ्जामा रहेको कोटाकोट आधारभुत विद्यालयको ६० औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह विविध कार्यक्रमको आयोजना गरि सम्पन्न भएको छ ।
वार्षिकोत्सव समारोहका प्रमुख अतिथि कालिगण्डकी गाउँपालिका स्यङ्जाका अध्यक्ष तथा गाउँपालिका राष्टिय महासंघका महासचिब खिम बहादुर थापाले स्याङ्जा जिल्लाको पश्चिम भेगकै जेठो यस कोटाकोट आधारभुत विद्यालयले शिक्षाकाे क्षेत्रमा महत्वपूर्ण योग्दान पुर्याएको बताउनु भयो । उहाँले यस विद्यालयको बाँकी रहेको घेराबार र २ वटा कोठा थप गर्नको लागि आर्थिक सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गर्नु भयो ।

यस्तै विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष साबित्रा कोइराला र कालिगण्डकि प्रज्ञाप्रतिष्ठानका सदस्य सचिब भिम प्रसाद श्रेष्ठ लगायतले यस विद्यालयले पछिल्लो समय थप प्रगति गर्दै गएको उल्लेख गर्दै यसको निरन्तरताको कामना गर्नु भयो ।
उक्त कर्यक्रममा ६० भन्दा बढि अक्षकोष दाता हरुको ५ लाख २३ हजार ५०० को अक्षकोषबाट प्राप्त करिब ९४ हजार रकमको छात्रबृत्ति समेत वितरण गरिएको थियो । विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष गगन सिं थापाको अध्य्क्षतामा सम्पन्न समारोहमा विद्यालयका प्रधानाध्यापक पर्थ थापाले विद्यालयको वार्षिक प्रगति प्रतिबेदन तथा ५० लाख ५२ हजार २४५ रुपयाँ बराबरको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।

समारोहमा वार्षिक उत्सवको अवसरमा आयोजित अन्तर सदनात्मक अतिरिक्त कृयाकलाप, खेल्कुद, हाजिरिजवाफ तथा भलिबल प्रतियोगिताका विजयी विद्यार्थी तथा अभिभावकहलाई पुरस्कार वितरण गरिएको थियो । अभिभावकहरु वीचको मेच घुम्ने र ब्यालुन ब्यालेन्स प्रतियोगिताले कार्यक्रम थप रोचक बनाएको थियो ।