तानसेन, पाल्पा । प्रभु बैंक लिमिटेड पाल्पा शाखाले जनता नमूना माध्यामिक विद्यालय तानसेनलाई वाटर डिस्पेन्सर सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पानी चिसो तातो र सफा गर्ने दुई थान बाटर डिस्पेन्सर निःशुल्क सहयोग गरेको हो ।

उक्त वाटर डिस्पेन्सर बैंकका शाखा अपरेसन इन्चार्ज दर्शन शर्मा र बैंकका सम्बन्ध अधिकृत बसन्त कार्कीले विद्यालयका प्रध्यानाध्यापक हरी प्रसाद घिमीरेलाई हस्तान्तरण गर्नु भएको थियो । चिसो मौसम बढ्दै गएपछि बैंकले विद्यार्थीहरुलाई लक्षित गरी विद्यालयमै पुगेर प्रदान गरेको वाटर डिस्पेन्सर ग्रहण गर्दै विद्यालयका प्रध्यानाध्यापक घिमिरेले बैंकले विद्यालयप्रति देखाएको सहयोग र सदभाव प्रशंसनिय रहेको बताउदै बैंकलाई धन्यवाद व्यक्त गर्नु भयो ।