माया राना
जल्पा, पाल्पा । पूर्वखोला गाँउपालिका वडा न २ जल्पा मैदानमा रहेको कमला आधारभूत विद्यालयले आफ्नो ४८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस बिभिन्न कार्यक्रम गरी सम्पन्न गरेको छ ।

विद्यालयको वार्षिकोत्सवको अवसरमा सहायक प्रधानाध्यापक गंगा बहादुर बारघरेले बार्षिक प्रगती प्रतिबेदन सहित ४४ लाख ८० हजार ६२९ रुपैयाँ बराबरको आयव्यय सुनाउनु भयो । कार्यक्रमका प्रमुख अतिथि पूर्वखोला गाँउपालिका वडा न २ जल्पाका वडाध्यक्ष निर वहादुर सारुले गुणस्तरिय शिक्षा दिएर आफ्नै ठाउँको लागि योग्य जनशक्ति उत्पादन गर्नमा विद्यालयको महत्वपूर्ण भुमिका हुनु पर्ने बताउनु भयो ।

उहाँले बालबालिकाको क्षमता अनुसारको प्रतिभामा जोड दिनु पर्ने बताउदै उनीहरुलाई माया पिरतीका गितमा होईन बालगीत र राष्ट्रिय गीतमा नचाउन सुझाब दिनु भयो । कार्यक्रमको बिचबिचमा बाल प्रतिभा, नृत्य, स्काउट कला प्रदर्शन र पुरस्कार बितरण गरिएको थियो ।

शिक्षक अभिभावक संघका रनबिर बराल, अभिभावक नरवहादुर जर्घा, जनसेवा युवा समुहका उपाध्यक्ष माया राना, शम्भु माबि जल्पाका साहायक प्रअ बेद प्रसाद बस्याल , कमला प्रा. बि. आर्गीडाडाका प्रअ तुलसा वस्याल लगायतले बिधयलयलाई शुभकामना दिनु भयो । कार्यक्रम शिक्षक जय वहादुर परियारको संचालन र विद्यालय ब्यावस्थापन समितिका अध्यक्ष खेम वहादुर घर्तीको अध्यक्षतामा सम्पन्न भएको हो ।