निस्दी, पाल्पा। हाम्रो विद्यालयको स्वर्ण महोत्सव :अग्रसरता र सफलताको उत्सव भन्ने मुल नाराका साथ जनता आधारभुत विद्यालय निस्दी ५ पाग्दी पाल्पाले स्वर्ण महोत्सव सम्पन्न गरेको छ ।

स्वर्ण महोत्सवको कार्यक्रमको उद्घाटन गर्नु हुदै लुम्बिनी प्रदेश सभा सदस्य एवं अर्थ,उद्योग तथा पर्यटन समिति सभापति राजु प्रसाद श्रेष्ठले विद्यार्थीको शैक्षिक गुणस्तर सुधार गर्न अभिभावकको पनि अहम भुमिका रहने बताउनु भयो । जनता आधारभुत बिधालयमा विशेष पुर्वाधार व्यवस्थापन गर्न आगामी आर्थिक बर्षमा बजेट बिनियोजन गर्न पर्यत्न गर्ने प्रतिबद्धता समेत व्यक्तगर्नु भयो । उहाँले निस्दीको बिकासका लागि निस्दीमा आन्तरिक व्यवसायी पर्यटन व्यवस्थापन गर्नुपर्नेमा जोड दिनु भयो ।

निस्दी गाउँपलिकका उपाध्यक्ष तिरन कुमारी श्रेष्ठले विद्यालयहरुमा विद्यार्थी संख्या घट्नुको कारणहरु पहिचान गरी त्यसको समाधान गर्ने योजाना पालिकाले बनाएको बताउनु भयो । उहाँले दिवा खाजा व्यवस्थापन तथा विद्यालयहरुमा छात्राबास व्यवस्थापन गर्ने निर्णय गरेको समेत जानकारी गराउनु भयो । वडाध्यक्ष दुर्गा बहदुर सोमैले विभिन्न भौतिक र आर्थिक पक्षमा देखिएमा समस्य समाधानमा सवै पक्षबाट जोड दिनु पर्ने बताउनु भयो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बिष्णु सोमैले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । हेम बहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन बिबस राना र रेम बहादुर आलेले गर्नु भएको थियो ।