काठमाडौं । लोकसेवा आयोगले सार्वजनिक गरेको पछिल्लो नतिजा अनुसार न्याय सेवातर्फको शाखा अधिकृत पदमा ४४ जनाको नाम सिफारिस हुँदा ३८ जना महिला र बाँकि ६ जना मात्र पुरुष परेका छन् ।
उक्त नतिजा अनुसार झण्डै ८७ प्रतिशत महिलाहरुले अधिकृतमा नाम निकाल्दा १३ प्रतिशत पुरुष मात्र नियुक्तिका लागि सिफारिस भएका हुन् । लोकसेवा आयोगले न्यायसेवा तर्फको परीक्षामा सवै प्रक्रिया (लिखित परीक्षा, सूचना प्रविधि परीक्षण, सामूहिक परीक्षण र अन्तरवार्ता) पूरागरी प्रकाशित गरेको नतिजामा यस्तो देखिएको हो ।
लोकसेवा आयोगका अनुसार लिखित परीक्षामा सफल भई अन्तरवार्ताका लागि सहभागी ६४ जना मध्येमा खुला तर्फ मेरिटको आधारमा ४४ जनालाई नियुक्तिका लागि सिफारिस गरिएको हो । यसरी सिफारिस गर्दा ३८ जना महिला र ६ जना पुरुष परेका हुन् ।
यस्तै समाबेशी तर्फ महिला कोटामा १३ जना, आदिवासी जनजाति कोटामा ३ जना, मधेशीमा २ जना तथा अपांग र दलित कोटामा १/१ जना महिला सिफारिस भएका छन् ।
